Posted by: Rahuldai April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग ४ दसैं आयो, तिहार गयो । हाम्रो लागि न दसैं आयो न तिहार । केवल हार मात्र आयो । आफ्न दौतरी हरु टोल चोक मा आसपास्, तेल कासा खेलेको घर को झ्याल मा चियाउंथे । गुच्चा खेलेको ठाउंमा केही बेर हेरेर बस्थें । नयाँ लुगा न देखेको बरषौं भाई सकेको थियो। एक जोर नयाँ लुगा लगाउने धोको पलायो किन हो कुन्नी । दाई लाई भययुक्त भाव मा आफ्नो इच्छा राखें । दाइलाई नि दया जाग्यो क्या र, भन्नु भयो"तं आँफै केही औंठी बना र त्यस्को पैसा ले किन" । के खोज्छस् कानो? आँखो, भइ हाल्यो । बडा हिम्मत का साथ दाइ अस्पताल गएको बेला पारेर ३ वटा औंठी बनाउन कस्सिएर लागें । दिन भरिमा तयार भयो र सांझ त्यही झोछें का साहुजीको बेचें। चाँदिको मोल् बाहेक् ३० रुपैया हात लाग्यो। जिन्दगि को पहिलो कमाइ थियो। वल्टाइ पल्टै हेरें, त्यो १० को तीन ओटा नोट् लाई। एक मन त लागेको हो, सम्हालेर् राखुं। तर जुन उद्देश्यले दाइ ले आफै स्वतन्त्र रुपमा काम गर्न अनुमति दिएको थियो, त्यसमा किन तल माथि पार्ने र बर्षौं पछि लुगा नाम् को केहि किन्न पाएको, किन गुमाउं जस्तो पनि लाग्यो। बसन्तपुर वर् पर् सांझ लागे पछि बजार् लाग्ने गर्थ्यो। त्यहि बजार् चहारें। एउटा हाफ पाइन्ट भन्ने कि कट्टु रु १० मा, एउटा टी शर्ट रु ८ मा र अन्डरवेर् रु ६ मा किनें। बाकि रहेको रु ६ जतन् का साथ घर् लगें। यसरि समय बित्दै गयो। ६ किलास नि पास भयो। औसत दर्जा मा। बुवा को हालताअ मा अब चाँही मनग्य सुधार भए छ । हात खुट्टा चलाऊन सम्म हुने भो । दु:ख को परिणाम अलि घटे जस्तो महशुस् भयो । र कारीब १ बर्ष ६ महिना जती अस्पताल को बेड मा मृत्यु सँग जुध्दा जुध्दै पिताजी को घर आगमन भयो । धेरै आँसु का बिच अब केही खुशी आए जस्तो । हात खुट्टा चलेको भनेको प्राबिधिक रुपमा मात्र थियो । हिंड्ने त कुरा त परै जाओस्, हात ले केही उठाउन वा चलाउने स्थिती थिएन । घरैमा दैनिक रुपमा र अस्पतालामा साप्ताहिक रुपमा फिजिओथेरापी गर्नु पर्ने र अनेक थरिको ओखति खानु पर्ने भयो । भात खाने चिन्ता र ओखतिमुलो को चिन्ता बाट हामी दाई भाई को कमाइ पुग्ने भएकोले मुक्त थियौं । सात पढ्दै गर्दा २०३६ साल को कुरो हो, बसन्तपुर मा ( मेरो स्कूल कै आँगनमा) विद्यार्थीहरुको भेला थियो । शायद जुल्फिकार अलि भुट्टोको फाँसी को बिरोध मा पाकिस्तान को दूताबासमा बिरोध पत्र दिन गएका विद्यार्थी समुहलाई प्रहरि लगाएर प्रसाशनले दमन गरेको बिरोध मा आम सभा गर्न खोजेका थिए । सो सभा सुरु भएको केही क्षण मै असंख्य प्रहरि आएर निर्मम्तापूर्वक लाठी प्रहार गरे । हामी स्कूल को पहिलो तल्ला को कक्षा कोठा बाट हेरी रहेका थियौं । त्यो डिन को कहाँली लाग्दो दृश्य पछि म मा पञ्चायत प्रती बिद्रोहजाग्यो । यसरी सात नि पास भो । बिहान बेलुकी भात जोर्ने र दिउसो स्कूल मा घुर्ने लड्डु को के राम्रो अंक हुन्थ्यो? पास् भने सि पुगी हाल्यो क्या रे, फेल भए पो अर्को कुरा । सात पछि हाइ स्कूल भर्ना हुने क्रम मा दाइ ले गणबहाल स्थित नेपाल आदर्श स्कूल मा भर्ना गरी दिने सूर कसेको रहेछ । बिहान पढाइ हुने त्यो स्कूल को छबी त्यतिबेला साह्रै न राम्रो थियो । बिहान स्कूल जाने र दिउसो काम गराउने बिचार पनि हुन सक्थ्यो । मैले मान्दैन मानिन र मेरा अधिकांश साथीहरु बिश्व निकेतन जाने भएको ले करा गरेरै म पनि फारम भर्न त्यतै लागें । विद्यार्थी भर्नाको अत्याधिक चापले होला ईतिहास मै पहिलो पल्ट प्रबेश परिक्षा लिने भयो । प्रबेश परिक्षा दिन गैयो । हिसाब त सजिलो सँग गरियो, नेपाली त चान चुन थानेर लेखियो । अंग्रेजी ले रुवायो । change following sentences into negative sentence भन्ने प्रश्न ले दिमाग खायो । नेगटिभ सेन्टेन्स् भनेको कुना चरा को नाम हो थाहा नै भएन । हाम्रा पूरानो स्कूल का दिग्गझरु सँग खास् खुस् गरियो, अहं पत्ता लागेन । ती मध्य अंग्रेजीमा विद्वान कहलिने झा थर का मित्र ले यस्को समाधान निकाले । हरेक कृया (verb) मा एस्(s) थप्ने । बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो । क्रमश्:
Read Full Discussion Thread for this article