Posted by: once in a while April 9, 2007
Nepali Congress is the most corrupt party in Asia if not in world
Login in to Rate this Post:     0       ?        
To: 2oYrOl'Vrgn Don't you enjoy the democracy in America? Only Nepali congress carries the same principle. जंहा सम्म मलाई लाग्छ, अमेरिका भनेको पुर्ण पूंजीबादी, खुला अर्थतंत्र प्रणाली बोकेको देश हो। तर नेपाली कांग्रेसले अझै पनि समाजबादी प्रजातंत्र भन्न छोडेको छैन। अझै, वास्तवमा भन्ने हो भने सच्चा समाजबादी अनि मार्क्सबादी हामी हौं भनेर भन्ने कांग्रेसी नेताहरु भाषण गर्थे। अनि कसरी हुन्छ नेकाले अमेरीकालीको पृन्सिपल बोकेको? शीत् युद्धको समाप्ती पछी र साम्यबादको असफलता पछी, नेकाले बोकेको बैचारीक अनि सैधान्तीक पक्षहरु सबल हुन पर्ने हो, तर बिचार र सिद्धान्तले समाजबादी भए पनि, नेकाको नेतृत्व अनि कार्यकर्ता पंक्तीमा समेत् ब्यापक सामन्ती सोच र संस्कार भएका र आफूलाई मालीक ठान्ने बर्गको हाली मुहाली रहिरहेको ले समाजका तल्ला बर्गहरुको आकर्षण कम्युनिस्ट बन्न गएको छ। प्रजातांत्रीक प्रकृयाकै कुरा गर्ने हो भने, सबै भन्दा अप्रजातान्त्रीक् पार्टीनै नेका होला। र सबै भन्दा अप्रजातान्त्रीक नेता नै गिरिजा प्र कोइराला हुन। पार्टीमा बिना छलफल् ठूला ठूला निर्णयहरु हुन्छन्। पार्टीका हस्तीहरुले समेत् त्यसको जनाकारी रेडियो र टिभि बाट मात्र थाहा पांउछन्। वंहाको ब्रम्हले देखेको र ठानेको कुरो गर्नै पर्छ। गिरिजा हठको धेरै कुरो के गर्नू! समय र परिस्थितीले गिरिजाबाबूलाई यति शक्तीशाली बनाइदिएको छ कि वंहाले यो उमेरमा ब्यक्तिगत, पारिवारीक र पार्टीगत हित भन्दा माथी उठेर, आन्दोलनकारी सहयात्रीहरु कसैलाई चित्त नदुखाई सबैलाई समेटेर लान सक्नु भएको भए कति राम्रो हुन्थ्यो? र यहां एमाले को नौ महिने शासन कालको कुरा आयो, नेकाले शासन गरेको नौ बर्षको तुलना एमालेले शासन गरेको नौ महीनासंग कसरी गर्न मिल्छ र, तर एमालेको नौ महिने शासनमा के के अनिमियतता भएछ, त्यसको फेहरिस्त पाउन पाए हुन्थ्यो।
Read Full Discussion Thread for this article