Posted by: Rahuldai April 9, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग ३ केहि औंठी तयार् भो जसो तसो। बेच्ने समस्या पर्यो। मैले हिम्मत गरें। त्यतिबेला, मरुहिटि हिप्पी ट्युरिष्टहरु को केन्द्र थियो। झोंछें पनि झिलिमिलि हुंदैथ्यो। एउटा कट्टु र मैलो गंजी लगाएर औंठि बेच्न निस्कें। ६ किलास् पढ्ने फुच्चे राहुलेलाई कस्ले बिश्वास गर्ने? चोरेर बेच्न आएको भनेर् धेरैले गाली गरे, खेदे। तै पनि हरेश खाइन। बाध्यता थियो, मैले बेचेर पैसा लगिन भने चुलो बल्दैन। जसरि नि बेच्नु छ। धेरै क्युरियो पसल चहारे पछि एउटा पसले ले किने र अझ राम्रो राम्रो डिजाइन को बनाउने सुझाव दिए। ढुँगा खोज्दा देउटा भेटिइयो। निकै हर्षल् बिभोर् हुंदै चामल दाल् तरकारि किनेर घर् गएं। क्रमश: त्यो रात को भातमा स्वाद थियो। धीतमर्ने गरी खाइ सुतियो र मीठो निद्रा पनि लाग्यो, सायद् भोलि र पर्सि अनि निपर्सी सम्मन को लागि रसद पानी पुगेको अनुभूतिले होला । यसरी कम से कम हात मुख जसो तसो जोडन सक्ने कठिन नै भए पनि बाटो दूर क्षितिज मा देखिएको के थियो, आफु माथि नै अर्को बज्रपात भो । बालसुलभता कहाँ जान्थ्यो, उमेर न पुगी? एक दिन काम पनि न भएको र शुक्रबार नि परेको ले स्कूल का साथीहरु सँग टुंडिखेल मा फूटबल खेल्न गएं, घरमा कसै सित न सोधी । खेल्ने क्रम मा लडे छु र दाँया हात भाँच्चियो । साथीहरुले बीर अस्पताल लगे । हात भाँच्चिएर दुखेको भन्दा नि अब घर परिवार ले गाली गर्ने भो भन्ने चिन्ता थियो । कुन मुख ले हात भँच्चियो भनेर देखाउने? त्यो भन्दा नि गहन समस्या भात जोडने को थियो । भाच्चिएको हात ले भात कसरी जोडुम? हे भागवान यही हो त इस्वर को न्याय? जहाँ गाह्रो त्यही साह्रो, किन हामीलाई मात्र? एक्लाई भुनभुनाएछु । त्यतिन्जेल सम्म मा दाइ र आमाले थाहा पैसाक्नु भएको रहेछ र अस्पताल मै पिताजी को साथमा हुंदो भएकोले इमर्जेन्सीमा आउनु भयो। आमा को अनुहार हेरें डर मिश्रीत भाव ले, केही भन्नु भएन, आँखा भित्र सकी न सकी आंसु लुकाउने असफल प्रयास देखें । दाइ ले नि केही भन्नु भएन तर मन को भाव बुझें । दुई चार दिन परिश्रम को भात हामीले के खाएका थियौं, त्यो पनि आँशिक रुपमा खिसिने डर देखें । हात भँच्चिए पछी मैले घर को काम गर्नु त परेन, तर त्यो भन्दा ठुलो पीडाले झक्झकाइ रह्यो । दाइ ले काम गरी रहनु भो तर दुई जना मिलेर गर्ने काम एक्लाई ले गर्नु पर्दा ढिलो हुनु स्वाभाबिक थियो । तै पनि हरेश न खाई काम गर्नुहुन्थ्यो । तयारी ज्वेलरी बेच्ने काम चाँही मेरो भयो । ३-४ दिन मा केही संख्यामा समान तयार हुन्थ्यो र म एउटा प्लास्टर गरिएको हात झुन्ड्याउंदै पसल पसल चहार्नु जानु थ्यो । अस्ती हाम्रो सामान किन्ने साहुजीले यस्पाली किनेन, स्टक छ भनेर । ग्राहक खोज्ने क्रम मा न्यू रोड गेट सम्म पुगें । त्यो पिताजी को तक्मा किन्ने बाँडा को पसल मा आँखा पुग्यो । बहिरी शो केशमा त्यो तक्मा टल्किने गरी शोभायमान थियो । मन फेरी टुक्रीयो । कस्तो दीन लाग्यो । ऋण लागे नडराउनु, दीन लागे डराउनु भन्थें । एक मन लाग्यो, कही गएर ४-५ सय चोरेर ल्याउं र त्यो तक्मा फिर्ता लिएर जान्छु । तर पिताजीले नै कहिले पनि भोकै मर्नु तर न चोरनु भन्ने उपदेश दिएको सम्झें । पिता जी दुखी हुने काम गर्नु हुन्न हामी ले भन्ने ज्ञान को संचार भयो । मैलो प्लास्टर गरेको हात्, कट्टु र गंजी को फेशन युक्त शरीर का साथ बजार खोज्दै हिंडे र अन्त मा झोछेँ कै लायकु साल जाने गल्ली अगाडी को क्युरियो पसल ले किन्न राजी हुनु भयो । पहिला त त्यो साहुजीले चोर हो कि भनेर निकै बेर केरकार गर्‍यो । अनि चोर् हैन् भन्ने यकिन् भए पछि मेरो हाल देखेर होला, घर् परिवार् बारे सोध्न थाल्नु भयो। मलाई हतार थियो र छोटकारीमा हाल बयान गरी, पैसा लिएर घर हिंडे । समय बित्दै गयो र यो क्रम चल्दै गयो । दाइ ज्वेलरी बनाउने र म बेच्न जाने । यही क्रम मा पाटन को साहुजी हाम्रो लागि स्थायी साहुजी हुनु भयो । अब अन्त बेच्न जानु न पर्ने गरी उसैको अर्डर बमोजिम समान तयार गर्ने काम भो । मानौं एउटा स्थायी जागिर भेटियो । हात को प्लास्टर झिकियो । अनि काम गर्न थालियो । उता पिताजी को स्वाश्थमा पमि क्रमिक सुधार हुंदै थियो । दसैं आयो, तिहार गयो । हाम्रो लागि न दसैं आयो न तिहार । केवल हार मात्र आयो । आफ्न दौतरी हरु टोल चोक मा आसपास्, तेल कासा खेलेको घर को झ्याल मा चियाउंथे । गुच्चा खेलेको ठाउंमा केही बेर हेरेर बस्थें । नयाँ लुगा न देखेको बरषौं भाई सकेको थियो। क्रमश:
Read Full Discussion Thread for this article