Posted by: Rahuldai April 9, 2007
Nepali Congress is the most corrupt party in Asia if not in world
Login in to Rate this Post:     0       ?        
बलबहादुर जी, हुन त तपाईं को धागो धेरै दिन अघी नै पढेको थिएं । टिपण्णी नगरम् भनेर बसेको थिएं । तर आज केही लेख्नै पर्ने देखेर लेखेको छु । पार्टिहरुले जती काम गर्नु पर्ने हो, जती उत्तरदायी भएर काम गर्नु पर्ने हो त्यती नगरेकोले नै माओवादी को जन्म भएको, ज्ञाने को उदय भएको कुरा नकार्न सकिन्न। र गाली गर्नु स्वाभाबिक मानेको छु । तर एउटै पार्टिको खेदो खन्नु अर्थ के हो? के देश को बेहाल हाल हुनुमा अरु पार्टी को जिम्मेदारी छैन? के प्रतिपक्ष को रेलिङ् भाच्ने र टेलिफोन् जालाउने बाहेक् को काम् हुदैन र? होला कँग्रेस पार्टिमा घुस्याह्, फटाह हरि धेरैको बोलवाला भए । कांग्रेस् पार्टी भित्र कति इमान्दार र प्रजातन्त्र को लागि सबर्स्व गुमाएका ब्यक्तिहारौ कति छन तपाईंलाई थाहा छ? स्याङ्जा का सांसद्, शंकर पाण्डेलाई चिन्नु हुन्छ? काठमाडौका सांसद तिर्थ राम डंगोल लाई चिन्नु हुन्छ? चितवन् का राम् डोटेल्लाइ चिन्नु हुन्छ? काठ्माडौका श्याम लाल् श्रेस्ठलाइ चिन्नु हुन्छ? उनिहरु को जीवन् गाठा बुझ्नुस् र अनि भन्नुस्, भ्रष्ट्र पार्ति हो कि होइन। समग्रमा पार्टिलाइ नै गाली गर्नु, तपाइको राजनैतिक् चस्मा को खराबी हो जस्तो लाग्छ। नदी बेचेको कुरा गर्नु भयो । हो गिरिजा को पाला महाकाली सन्धी भएको गल्ती हो । अझ भनुं, सन्धिका प्राबधान हरु ले दुष्ट छिमेकिलाई मात्र फाईदा गर्‍यो । अदालति हार पछि के त्यो सन्धी आफुलाई महान् क्रान्तिकारी संझने ए माले लगायतले २ तिहाइ बहुमत ले अनुमोधन गरेन र? पानी बगेको बगेकै छ । नेपाल का नदी हरु भारत हुँदै बंगाल को खाडिमा बिसर्जन हुन्छन्, प्रकृति को स्वरुप नै यही हो । तपाईं को क्रान्तिकारी सोच ले नदी फर्काउन सक्नु हुन्छ? पानी थुन्न सक्नु हुन्छ? हो राष्ट्र हितलाइ ध्यान मा राखेर, राष्ट्र को अधिक फाईदा को लागि सन्धी संझौता गर्नु पर्छ । त्यसमा चुक गर्नु हुन्न । तर नदी बेचेको जस्तो सस्तो नारा तपाईं जस्तो बौद्धिक ब्यक्तिलाई सुहांउदैन । क्यापस को स्व बि यु को निर्वाचन मा भए ठिकै छ, म पनि ताले बजाउने नै छु । अस्तु!
Read Full Discussion Thread for this article