Posted by: Ishwor April 7, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हन, भउते फिरि बहुलाएछ कि के हो? बेला बेलाँ यस्तै भट्भटाउँछ । लमिनि दिदीको भट्टि को झोल अलिक बढि भए जस्तो छ । जाडाँ अलि बेसि घिचेर हो कि न, के जान्नु? कैले काँइ त रासलीला'इ मच्चाउँछ । अस्ति पुनि कुन्नि कस्को घराँ छिरेछ बेस्कनि गोदाइ भेट्यो रे नि । अलि पैले को कुरो हो, मध्य राताँ बाटोमा ठिङ्ग उभेर बस्याथे। "ए भउते! घर जानि होइन?" भनेर मैले सोध्या त बुढाले "आफूलाई कस्तो भाउन्न भैराछ याँ। पिर्थिवि नै फुन्फुनि घुमिराछ। जैले मेरो घर आम्छ, अनि फुत्त छिरिहाल्छु नि। तँ आफ्नु बाटो लाग्। " भनेर पो घुर्क्याम्छ । मुलाई पुनि के मतलब , बुढा लडे भुत्रै सित्ति भनेर आफ्नो बाटो लागें । :-)>
Read Full Discussion Thread for this article