Posted by: gahugoro April 6, 2007
height of idiocy
Login in to Rate this Post:     0       ?        
Lawlessness. These people have never ever been punished. त्रिचन्द्रमा तोडफोडबाट करोडौं क्षति काठमाडौं, (नेस)। प्रयोगात्मक परीक्षामा कम अंक दिएको आरोप लगाउँदै त्रिचन्द्र क्याम्पसमा बीएस्सी प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले बिहीबार सो क्याम्पस तोडफोड गर्दा १ करोड रुपियाँबराबरको क्षति भएको छ। रड र ढुंगामुढासहित बिहान ७ बजे क्याम्पस प्रवेश गरेका आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षबाहेक सबै विभागमा तोडफोड गरेका छन्। सोमबार प्रकाशित परीक्षाफलप्रति असन्तोष जनाउँदै संघर्षमा उत्रिएका विद्यार्थीले भौतिक, रसायन, जीवविज्ञान, मनोविज्ञान, माइक्रो बायोलोजी, समाजशास्त्र तथा मानवशास्त्रलगायत आधा दर्जनभन्दा बढी विभाग र पुस्तकालयमा व्यापक तोडफोड गरेका छन्। सो परीक्षाफललाई लिएर विद्यार्थीले बुधबार दिउँसो भौतिकशास्त्र विभाग प्रमुख डा. विमल कार्की र रसायनशास्त्र विभाग प्रमुख विजयेश्वरी कर्माचार्यलाई दिनभर कोठामा थुनेका थिए। वार्ताबाटै समस्या समाधान गर्ने सम्झौता गरी विद्यार्थीले बुधबार साँझ करिब ६ बजे शिक्षकहरूलाई थुनामुक्त गरे पनि बिहीबार एकाएक तोडफोडमा उत्रेका थिए। Published Date and Time:2007-04-0600:00:00 http://newsofnepal.com/kps/fullnews.php?serialno=6838&&sec=41&&ssc=51
Read Full Discussion Thread for this article