Posted by: Rahuldai April 5, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" धेरै पहिलेका संझनाहरुलाई पल्टाइ हेर्दा, अहिले म जुन कहानी सुनाउन गैरहेछु, त्यो घट्ना बाहेक् मेरो स्मृतिपटलमा सबैभन्दा पुराना घटना क्रमहरुमा राजा महेन्द्र को देहाबसान्, सिंह दरबार को आगलागि र राजा बिरेन्द्र को राज्यभिषेक मात्र बाकि छन् । कुरो म १ किलास पढ्दाखेरि को हो। ६ बर्ष को हुंदो हो, एउटा बिशेष समारोह् को याद् छ मलाई। मेरो पिताजीलाई समाजिक् र धार्मिक कार्यमा उल्लेखनिय कार्य गरेको भनी, हाम्रो समाजले स्वर्ण पदक र दोसल्ला ले बिभुषित गरिएका थिए। बाजा गाजा सहित् सिन्दुर् जात्रा गरेका थिए। तत्कालिन मन्त्री ( सायद् प्रयाग् राज् सिंह् सुवाल् हुनु पर्दछ)को आतिथ्यमा भएको सो कार्यक्रम् किन के का लागि गरिएका थिए, बालक राहुलेलाइ थाह् थिएन र पनिताली खूब सँग बजाइएको थियो । त्यतिबेलाको जमानामा त्यस्ता सम्मान कार्यक्रम हरु बिरलै हुन्थें । फोटोहरि खिचिए, अझ श्याम स्वेत फोटोलाई रंग भरेर रंगिन बनाइए । समय सधैं एकनास् कहाँ हुन्छ र । त्यसको लगतै भिमकाय सयुक्त परिवार मा खिचडी पाक्न थाले । ६ जना दाजुभाइ र २ बिहे भैनसकेका बहिनी हरुको जेठा परे पिता जी । कलह् बढ्दै गयो र २ किलास् मै स्कूल् जान बाट् बन्चित् भएं म। सबै जना लाई स्कूल् जान समेत् प्रतिबन्ध लगाइ दियो, बाजे ले। जिन्दगी भरि समाज को लागि काम गर्दै आएका पिताजीलाई त्यो कच कच मन परेन । शायद आमा सँग पनि सल्लाह नगरी पिताजी ले कुनै पनि पैतृक अंश न लिने गरी घर बाट बाहिरिने निर्णय गर्नु भो र सोही अनुसार को कानूनी कागजातमा सही गरी दिनु भो । हामी साना थियौं, सबै भन्दा जेठो दाइ नै १४-१५ बर्स् को थियो। केहि बुझेका थिएनौ। सानो झोपडि एउटा बुबा ले ओत लाग्न माग्नु भएको थियो। त्यही झोपडिमा हाम्रो जिन्दगी को दोस्रो अध्याय सुरु भो । स्कूल पुन : भर्ना भयौं । छुटेको बर्ष छलाङ लगाइयो । एकै चोटि ४ किलासमा जम्प मारें । घर सरेको लगत्तै बुवाले आफ्नो परम्परागत सीप को काम को थालनिको लागि अंग औजार हरु जोराजाम गरी काम सुरु गर्नु भो । नयाँ आशा, नयाँ उमङ्ग सहित बुवाले के काम थाल्नु भएकोथ्यो, धेरै दिन देखि कुरेर बसेको दु:ख र पिडाहरु लावा लस्कर सहित धावा बोले । पिताजी अचानक बिरामी पर्नु भो । सुरु मा ज्वरो आए जस्तो भएको थ्यो । २-४ दिनमै पिताजी को कुनै पनि अंग चलेन । दुबै हात्, दुईटै खुट्टा चलेन, बोली पनि बन्द भो । तत्काल अस्पातल लागियो । अनेक थरिको परिक्षाण गरिए, बीर अस्पतालका तात्कालीन सबै बिशेषज्ञ हरु को जमघट भए । केही पत्ता लागेन । यसरी बुवा बिरामी पर्नु भए पछि दु:ख सुस्त सुस्त बेइमानीका चाल हरु सँगै मुस्कुराउंदै आए । कमाउने कोइ थिएन । दाई सोह्र बर्ष लागेको मात्र । राहुले ४ -५ किलास्, अझ भाई त १ किलास् मा पढ्ने । खाने पेट कराउन थाले । अस्पताल र औषधी खर्च चिच्याउन थाले । चांडो बिसेक हुने आस मा आमा ले एक एक गरी सुन का गर गहना बेच्न भन्नु भो दै लाइ र त्यहि सुन् बेचेको पैसाले चुलो बल्थ्यो, ओखति जोगार् हुन्थ्यो। दिन् बित्दै गए, ८-९ महिना सम्म् पनि बुबाको स्वस्थस्थितिमा कुनै सुधार् को लक्षण देखा परेन। दाइ र दिदिले स्कूल् छोड्नु भयो। म र भाइ भने गैरह्यौं। किन छोडे दाइ र दिदिले त्यति बेला यो फुच्चे राहुले लाइ थाह थिएन। गरगहना सकियो, चाँदिका भाँडावर्तन् को पालो आयो। त्यो पनि कति थियो र? सकियो। ओखति र भोक त बाकि नै थियो। यति बेला राहुलेलाई नै समय भन्दा चाँडो बुढो बनायो। स्कूल् जान्थें तर घरमा भात् न पाक्ने हुन् कि भन्ने चिन्ता हुन्थ्यो। पढ्न नि मन नलाग्ने, सधैं घर् को बेहाल् हाल् ले सतै रहन्थ्यो। एक दिन् बेच्न हुने( बेचेर पैसा आउने) सबै सर्सामानको स्टक सकियो। सबै जना चिन्तित थिए। सक्ने र हुने सम्म सरसापट पनि भै सकेको थ्यो। अब एउटै मात्र उपाय बाकि रह्यो, भोकै मर्ने वा पिताजी गौरब त्यो "सुनको तक्मा" बेच्ने। तक्मा बेच्ने निर्णयमा पुग्यौं। पिताजीलाई एक बचन् त सोध्नै पर्‍यो। त्यो दिन् म र दाइ दुबै जना अस्पताल् पुग्यौं र तक्मा बेच्ने अनुमती माग्यौं। बोल्न न सक्ने पिताजी ले आँखाले इशारा गरेर बेच के भन्नु भयो, पिताजी को आँखा बाट् बलिन्द्र अश्रुधारा बगेको बगेइ भए। क्रमश:
Read Full Discussion Thread for this article