Posted by: chanaa_tarkaari April 5, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
तारेमाम है सप्पैलाइ ! मन्तयेक ला? आज त किरिकेटि नि छैन क्यारे हो ठुल्दाइ ? हिजो १२ हाते रुमाल चाइन्छ भनेर ठीक्क तयार पारेको, आज फेरी २ मिटर (झन्नै ५ हात) भए पुग्छ रे ?!!! अब बाँकि ७ हात रुमाल कसलाइ दिने होला? फेरि भरे सम्ममा १ फिट भए पुग्छ भन्यो भने त बर्बादै हुने भो । ल निशपाट कोता गोएछ भनेको त फाइट दिएर टाप देको रैछन्त । मो त कथा भन्न ला'को छुन्त । चपस्टिकले आँखाँ घोच्ने ? हे हे हे हे पुण्टे दा - आइडिया त माने ल । गज्जप लेख्यो ल रामेले । म नि एउटुक्रो लेर आ' छु के रे । रामेको जस्तो दील धकधक गराउने कथा हाल्न सिकिएन उ बेलाँ । तै पनि, यस्स बाल कथा लेख्न बसियो - बीचाँ के छोडुम भनेर नि । नराउँरो भए गाली नगर्दयाओ है गाम्लेहरु । भाग - ४ ------------------ कक्षा एउटै भए नि पुर्ण चनाभन्दा ४ बर्ष जेठो, बिमल २ बर्ष, रत्न, रामकिस्न १ बर्ष जेठो, , लक्ष्मि, प्रतिमाहरु पनि केहि महिना जेठो यस्तै यस्तै थियो । त्यो age gap ले गर्दा पनि कतिपय कुराहरुमा सोचाइ-बुझाइको स्तर नमिल्दो थियो । तैपनि संगत गुणाको फल - चनाले बिस्तारै यस्तो लभसभको कुरो बुझ्न थाल्यो । शायद उसको स्वभाविक उमेरभन्दा चाँडो नै । छिमेकको बलबहादुर दाइ, ९ कक्षाको फर्स्टब्वाइ, टोलमा स्कुलमा सबैले उनको वाहवाहि गर्ने, सित चिनजान भएपछि चनाले "लभर महात्म्य", "इश्क मोहब्बत" र "साइकोलोजि" का कुराहरु समेत बुझ्न थाल्यो । बलबहादुर दाइ पढाइमात्र हैन "लभ"को मामिलामा पनि फर्स्टब्वाइ नै रहेछन - अति उत्कृष्ट लभलेटर लेख्न जान्ने । उनले लेखिदिएको लभलेटर दिएर धेरैले लभ गरेका रहेछन । चनाले भने बलबहादुर दाइको लभलेटर पास गर्ने काम गर्न थाल्यो । बलबहादुर दाइको लभर ८ कक्षाको कमलादिदिको घरसम्म लभलेटर पुर्याइदिन्थ्यो चनाले । कमलादिदिलाइ राम्रो लेटर लेख्न आउदैन थियो, अलि अलि लेखेर चनालाइ सुनाउथ्यो पहिला, अनि फेरि केरमेट गरेर, अर्को पानामा राम्ररी सारेर दिएर पठाउँथिन । अनि "मैले यसमा राम्ररी लेख्न जानेन, मैले धेरै माया गर्छ भन्देउ है तिम्रो दाइलाइ" भन्थिन सधै - फर्मुला जस्तरी । "कन्जरभेटिव" समाजमा खुल्लमखुल्ला भेटघाट गर्न डराउँथे लभरहरु त्यसबेला । बिभिन्न बहाना बनाएर कमला दिदि र बलबहादुर दाइको बीच भेटघाट गर्न सघाउँथ्यो पनि चनाले । यस्तो सहयोग गरेवापत होटेलमा लगेर दुधपाउरोटी खान दिन्थ्यो बलबहादुर दाइले र भन्थ्यो "चना ! मेरो देखासिकि गरेर तिंमीले लभसभ गर्ने होइन है । यसमा ध्यानै दिन हुदैन है, तिमी सानै छौ । अहिले बेला भएको छैन तर थाहा पाइराख्नु पर्छ बुझ्यौ । " बलबहादुर दाइको रोमाञ्चक कुराहरु सुनेर, उनले लेखेको चिठिहरु पढेर यस्तो मामिलामा चना बिमल रत्नहरु भन्दा टाठो बनिसकेको थियो केहि महिनाभित्रै । त्रैमासिक र अर्धवार्षिक जाँच भइसक्दा सम्म चना, प्रतिमा, रामकिस्न, लक्ष्मी आदिले बि सेक्सनको राम्रो बिद्यार्थि भन्ने परिचय बनाइसक्यो, साथै रत्न र चना केटाहरुको लिडर, प्रतिमा र लक्ष्मी केटीहरुको लिडर जस्तै भएको थियो । यता साथिहरुमाझ "चना प्रतिमाको लबर" भन्ने गाँइगुँइ पनि फैलँदो थियो । हाजिरजवाफ इत्यादिमा चना र प्रतिमा बि सेक्सनबाट सँगसँगै भाग लिने, अफिस गएर सरमिसलाइ केहि भन्न पर्यो भने पनि सँगसँगै जाने भएकोले पनि होला शायद धेरै हल्ला चलेको । तर हल्लाको बिउ भने त्यहि सबैको अगाडि प्रतिमाले आफै "हेर न, कस्तो मात्तेको केटाहरु । उनिहरले मलाइ त तिम्रो लबर भनेर पो जिस्काउँछ ।" भनेको बेलादेखि नै हो । फेरि एउटाको लबर भनेर हल्ला चलेपछि अर्कोले आँखा नगाड्ने अघोषित परम्परा पनि थिएछ त्यहाँ । स्ववियुको चुनावमा उठेको रत्न, जसलाइ चनाको ग्याङले सक्रियसहयोग गरेर जितायो पनि, भने प्रतिमाको आशिक थिएछ । अलि हाउडे र मुर्ख टाइपको रत्न मजाको मान्छे भएपनि केटीहरु ऊसित परै बस्न रुचाउँथ्यो । रत्नले प्रतिमाको नजिक पर्न सकेसम्म खोज्दो थिएछ तर प्रतिमाले वास्ता गर्दैन थ्यो । बलबहादुरदाइको थ्योरीबाट दिक्षित चनाको नजरमा "लक्ष्मीले चनालाइ मनपराउँछ ।" भन्ने पर्न थालेको थियो । बोर्डिङस्कुलबाट आएकि, टीचरलाइ इङ्लिसमै क्वैशन गर्न जान्ने र बोल्दा नेपांग्रजि बोल्ने, सँधै सुकिलो सफा ड्रेस लाउने थोरै मोटी हिसि परेकि लक्ष्मी त्यो सरकारी स्कुलमा आकर्षण थिइन । धेरै केटाहरु नजीक हुन चाहन्थे तर लक्ष्मी भने चनासित मात्रै राम्ररी कुराकानी गर्थिन । उनलाइ धेरै केटीहरुले घमण्डी भनेर बोल्दा पनि बोल्दैनथे । केटाहरुको छुट्टै बेञ्च, केटीहरुको छुट्टै बेञ्च हुँदा पनि लक्ष्मी आएर चनासित एउटै बेञ्चमा निर्धक्क बस्थिन । (कहिलेकाहि केटीमान्छे केटासित त्यसरी बसेको देख्दा टीचरहरु पनि अनौठो मान्थे ।) कि नभए लास्टबेञ्चमा एक्लै बस्थिन । अरु बिषयमा कमजोर लक्ष्मीले चनासित सिक्ने र चनालाइ अंग्रेजि सिकाउने गर्थ्यो । पढाइसढाइको कारणमात्रै धेरै नजिक परेको पो हो कि भन्ने पनि लाग्थ्यो चनालाइ किन कि पढाइबाहेकको अरु कुरा नगर्ने अनौठो बानी थियो लक्ष्मीको । कक्षामा प्राय: सँगै बसेतापनि "चना र लक्ष्मी लबर" भन्ने हल्ला चनाले कहिल्यै पनि सुनेन । हुन त बिमल, रत्नहरुले पहिल्यै देखि "पुर्णले लक्ष्मीलाइ मन पराउँछ" भन्ने गरेको चनालाइ थाहा थियो । पुर्ण शायद चनासित भित्र भित्र जल्थ्यो होला तर पुर्णले कहिल्यै जलनको प्रदर्शन गरेन बरु चनासितै अघिपछि बस्दै बिस्तारै बिस्तारै लक्ष्मीसित बोलिचालि गर्न थाल्यो । बार्षिकपरिक्षाको नतीजासम्मनमा फरकफरक बाटोहरु छुट्टिदै आयो । चना, प्रतिमा र रामकिस्न ए-सेक्सनमा पुग्ने भए । मेहनत गरेर पनि ए-मा उक्लन नसकेकि लक्ष्मीले स्कुल-चेन्ज गर्ने भइन । थोरै नम्बरले बि-मै थन्किने हुँदा उनी नराम्ररी निराश देखिएकि थिइन तर भन्ने बेला "यो स्कुल पढ्न पुग्यो अब अर्को स्कुल जाने" भनिन् । उनी जुन स्कुल जान्छिन त्यहि भर्ना हुन जान पुर्ण कस्सियो । बिमल, रत्न र अरु बि-सेक्सनमै रहने भए । नयाँ कक्षा, नयाँ सेक्सन र तेज साथिहरुका माझ नेवारी राम्ररी नबुझ्ने चना आकर्षण बने किन कि लास्ट रोल नम्बरबाट रोल नं ५ सम्म चनाले हानेको जम्प त्यो स्कुलमा पहिला कहिल्यै भएको थिएन रे । प्रतिमा १९ नं र रामकिस्न ३२ नं मा उक्ले । बि-बाट आएका यी तीनजनाको स्वागत ए-सेक्सनमा राम्ररी नै भयो । *******************************************************************************************
Read Full Discussion Thread for this article