Posted by: Rahuldai April 5, 2007
नंया मन्त्री मण्डल
Login in to Rate this Post:     0       ?        
सुरु देखि यो धागो पढें, यस्तो लाग्यो, यो धागो भरि गाली र घृणा बाहेक् केहि पोखेका रैनछ। मित्रहरु, किन हामी सकारात्मक् सोच निकाल्न सक्दैनौ। हिलो मा पनि कमल फुल्छ, किन भुल्छौ? माओबादिलाई कुन सरकारले आतंकबादि को बिल्ल्ला भिराए, आज् कस्ले फिर्ता लिए भन्दा पनि महत्वपूर्ण कुरो, देश मा स्थायी शान्ति स्थापनाको दिशामा काम् भै राखेको छ वा छैन भन्ने कुरो हो। देशमा बसेकाहरु लाई थाह् छ ( बिदेशमा बस्नेहरुले पत्रीका पढे जस्तो होइन) हिजो को द्वन्द को पीडा। कुन बेला, कुन सेना को अन्धो गोली छातिमा बर्सिन्छ भनेर, सधै त्रासमा आक्रान्त जिन्दगि बिताउनु पर्थ्यो। आज तिनै जंगली पनि शान्ति को मार्गमा इमान्दार् पूर्बक् आए त बेसै होइन र? गाली गर्न अघि पर्ख हेर को नीति अबलम्बन् गर्नु पर्ने होइन र। के अंगुलीमार् ले हिंसा त्यागेर बुद्धको अनुयायि भएनन् र? के सम्राट अशोक ले हिंसा को राजनीति बाट बिरक्तिएर बुद्धधर्मा को शरण मा पुगेन र? के याशिर अराफत अनि हालै का हमाश आतंकबादी थानिएका समुह होइनन र । के मेनाहम बेगिन र याशिर आराफतलाई नोबेल शान्ति पुरस्कार त्यसै दिएका हुन र? मार्न त तिनले कति मान्छे मारे, कति? यस्को अर्थ यो होइन कि, माओवादी र सेना ले मारेका निर्दोश नेपाली हरुको हत्या लाई बैधनीकता दिन खोजेको होइन र रोजेको पनि होइन । दुबै को सेना को ज्यादाति निन्दनीय छ र, बिधि को साशन लागु हुनु पर्दछ। जहाँ सम्म मन्त्रीमण्डल को कुरा छ, त्यो आकर प्रकार जाती क्षेत्र भन्दा माथि को हुनु पर्ने हो । संक्रमण काल लाई सुरक्षित अबतरण गराउन सक्ने हरुको जमात हुनु पर्न हो र त्यही सोच मा बनाएको हो कि? काम नै न हेरी , अन्दाज को भर मा गाली गर्नु के ठीक होला र? एक जना मित्र ले पढे न लेखका अनपढ हरु को जमात भन्नु भएको छ । होलान एक दुई जना, त्यस्को अर्थ, डा राम शरण महत्, राम चन्द्र पौडेल, नरेन्द्र बिक्रम नेबाङ्ग्, प्रदीप नेपाल्, महान्त ठाकुर्, पृथ्बी सुब्बा आदी सबै स्नातक गरेका तपाइ को शब्दमा अनपढ हुन त? । माओवादी का सदस्य हरु मध्य, हिसिला यमि एक जना को मात्र पृष्ठ भूमी थाह भएको ले अरुको बारे मा टिप्पाणी न गरम क्या र । हिसिला यमि इन्जिनियर हुन र पुल्चोक क्याम्पसमा पढाउने काम गर्नु हुन्थ्यो, जंगल जानु अघी । मैले न बुझेको अनपढ भनेको के हो? जे होस्, कम से काम केही दिन त हेरम कस्तो चाला हुन्छ, अनि मात्र टिप्पनि गरम होला । धेरै पनि पर्खिनु पर्दैन, हुने बिरुवा को चिल्लो पात देखिन्छ नै, बसन्त लागेको छ, पालुवा पलाउने बेला भाई सक्यो । आश गरम्, शान्ति फेरी एक पटक हाम्रो नेपाल मा फर्किने छन्, बुद्ध फेरि लुम्बिनी मै बस्ने छन् र बुद्धु हरु ......। अस्तु!
Read Full Discussion Thread for this article