Posted by: Nepe April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
मिसनानी, चौतारी छ खरायो जस्तो (मनमनै: हुन त फट्याङ्ग्रो पनि कम उपयुक्त उपमा नहोला ) आफु छु कछुवा जस्तो-- बिलम्वित गतिले मात्र हैन अधिकांश समय शितनिद्रा (hibernation) मा बिताउने समेत भएकोले । त्यै भर यहाँ आक्कल झुक्कल मात्र झुल्किन समर्थ छु । मिस नानीले यो कछुवालाई नाम काढेर सम्बोधन गरुँ भनेर सोधेको हो क्यारे, त्यति जवाफ दिन पनि घिस्रेर आउन सक्या थिईनँ । किन्तु, नाम काढ्न देखुन नाम काट्न सम्म त मिसनानीको नैसर्गिक अधिकारै हो नि यो चौतारी गुरुमाकुलमा, हैन र ? फेरि यो आक्कलझुक्कलेलाई नाम काढ्न पर्नै औसर नै कति पर्ला र ? अनि मिसनानीले यो नेपेको नकाब उतारिएको यो झण्डै चार वर्ष पुरानो धागो हेर्ने अवसर नपाउनुभएको भए, यहाँ छु: Nepe revealed: 8 Oct 2003 - http://www.sajha.com/archives/openthread.cfm?threadid=12570&dsn=sajhaarchive त्यहाँ मैले मानिसहरुको आफ्नो Virtual identity (Nick) प्रति कस्तो भावनात्मक सम्बन्ध हुनसक्छ भनेर अलिकति पाण्डित्याँई पनि छाँटेको छु है । "..I think, from my own experience, a long use of one's virtual personality [identity] blurs it's virtuality. It becomes you, of course within the limitation set by yourself and the limitation ranging from a complete to partial duplication of yourself to a complete to partial misrepresentation of yourself. You want to have it belonging to you, you feel a responsibility to it, you want to give it a legacy and you are emotionally attached to it. नेपे
Read Full Discussion Thread for this article