Posted by: chanaa_tarkaari April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ल ल गाम्लेहरु, मलाइ थोडै हौसाला बडाइलिएकोमा धन्यबात । अब म यो टुकडा टाँसेको छ । भाग - ३ ---------------- स्कुल भर्ना गर्न आमालाइ निकै मेहनत गर्नु परेको थियो । चिनेजति सपैसित अनुनय गर्ने मात्रै हैन हेडसरको घरसम्मै पुगेर बिन्ति गरेपछि बल्लतल्ल लायकु स्कुलले भर्ना लिइदियो शुरु देखिको सबै फी तिराएर । स्कुल जाने दिनसम्ममा झण्डै चैतको तेस्रो हप्ता लागिसकेथ्यो । भक्तपुरमा दशैतिहार भन्दा धुमधामले मनाइने बिस्केत जात्राको चहलपहल शुरु भइसकेकोले थियो । चना उसको कक्षामा लास्ट रोल नम्बर, सेक्सन बि । पहिलो दिन अन्तिम बेन्चमा बसेर "हाजिर सर" भन्दा खेरि सबैले पछाडि फर्केर हेरे, मानौ चिडियाखानाको नयाँ जन्तु हो चना । काठमाण्डु उपत्यकाको स्कुल भन्नु मात्रै । झोला बोकेर स्कुल आउने कोहि पनि देखेन चनाले, सबैजना हातहातमा किताबकापि च्यापेर आउने रहेछ । त्यहाँको पढाइ तराइमा जस्तो गतिलो लागेन चनालाइ । स्कुल त सरकारी नै हो तराइमा पनि काठमाण्डुमा पनि । बोर्डिङ स्कुल पढ्ने कुरा चनाको बशबाहिरै थियो । तर काठमाण्डु खाल्डोको त्यो स्कुलमा पढाइ अनौठो नै लाग्यो । पढाउने नेपालीमा बुझाउने नेवारीमा । शिक्षकले बोल्ने भाषा त गोलमटोल थियो नै लेखाइ पनि के हो के हो । तराइको स्कुलमा सेक्सन छुट्याउदा अल्फाबेटको आधारमा छुट्याउने तर त्यो नयाँ स्कुलमा जाँचमा पाएको नम्बरअनुसार छुट्याउने हुँदाखेरि पढाइमा तेज बिद्यार्थि जति ए-सेक्सनमा अनि पढाइमा झूर र नयाँ भर्ना हुने जति बि-सेक्सनमा हुने थिएछ । बि-सेक्सनलाइ त्यसैले जल्ले नि हेप्ने गर्थ्यो । रिजल्ट पछि बि-सेक्सनबाट ए-सेक्सनमा उक्लिन सक्ने बिद्यार्थिको फुर्ति नै बेग्लै । स्कुलमा पहिलो दिन नेपाली पढाउने सरले भन्नुभयो - "बिमल, ल यो कविटा टिम्ले थुलो आवाज निकालेर पधेर ल्याउ ट ।" बिमलले कनिकुथि पढ्न खोज्यो तर सकेको थिएन । "बस, मुलाको अचार, ट्यटि पध्न पनि जानेर ल्याएन । टिमि जाँचमा फेल हुन्छ । हेर मेहनट गरेर पध्नु पर्छ । घरमा गएर राम्ररी पधेर ल्याउने । टिम्लाइ भोलि फेरि म पध्न लाउछु ।" त्यसपछि सँगै बसेको चनालाइ घुरेर हेर्यो । "टिम्लाइ मैले हिजो डेखेन नि । आज माट्र आएको? " "हो सर ।" "रोल नम्बर कटि? नाउँ के टिम्रो?" "१२९, चना तरकारी" हाजिरकापि हेरिसकेपछि "ल जम्मै गयल रयछ मुलाको अचार । किन इस्कुल नआएको? बिरामि पर्यो?" "होइन सर, म भरखर भर्ना भएर आएको" "ए!!! थिक छ थिक छ । टिमले किटाब ल्याएको छ?" "छैन सर । कुन कुन किताब चाहिन्छ थाहा थिएन । " "ए!! ल, टिमि अइले तिपिनब्रेकमा अफिस आउ, के के किताब चाइन्छ तिपेर लग, भोलिडेखि किटाब बोकेर आउ । टिमिलाइ नेपाली किताप पध्न आउँछ? " "आउँछ सर ।" अनि बिमलको किताब दिएर "ल यो पडेर ल्याउ" चनाले फटाफट पढ्यो । यो देखेर सरले तारीफ गर्दै बिमललगायत अरु सपैलाइ "उ सिट सिक्नु" भनेर गए । बिमल - चनाको पहिलो नयाँ साथि, ऊ पनि नयाँ भर्ना भएको, अर्को स्कुलमा बदमासि धेरै गरेकोले रेस्टिकेट भएर यो स्कुलमा आएको रे । तर उ साह्रै रमाइलो र गफाडि टायपको थियो, चनालाइ ऊ त्यस्तो रेस्टिकेट नै हुने खालको बदमास लागेन । र थप थुप्रै साथिहरु पुर्ण, रत्न, रामकिस्न आदि । स्कुलका साथिहरु भने टोलका साथिहरुजस्ता छाडामुखा रहेनछन, मिलनसार ब्यवहार, त्यसैले घुलमिल हुन गाहारो परेन । "चना, तिमिले नेपालि पढ्न कसरी जानेको?" अर्को साइडबाट लक्ष्मीले यसरी सोध्दा चनालाइ अनौठो लाग्यो । उनी पनि नयाँ भर्नावाला तर कुनै बोर्डिङस्कुलको ड्रपआउट धनिबाउकि छोरी रहिछिन । केटा र केटीहरुबीच बोलचाल पनि राम्ररी नहुने त्यो वातावरणमा पनि लक्ष्मीले अन्य केटिहरुसित त्यति घुलमिल गरिनन् बरु चनाको ग्याङसितै नजिकिइन केहि दिनभित्रै । अर्को एउटा सरकारी स्कुलको थर्डगर्ल प्रतिमा (नयाँभर्नावाला) पनि चनासित मित्रता गाँस्न आइन । पढाइको कुरो गर्दा बि-सेक्सनमा यी दुइको मात्रै कुरा मिल्थ्यो, अरु सबै वास्तबमै कमजोर थिए । "हेर न, कस्तो मात्तेको केटाहरु । उनिहरले मलाइ त तिम्रो लबर भनेर पो जिस्काउँछ ।" प्रतिमाले चनासित सबैको सामु यस्तो भन्दा चनालाइ "लबर" भनेको के हो थाहा नै थिएन । "लबर भनेर जिस्काउने?" तराइमा चनाले यसरी जिस्काएको पनि सुनेको थिएन । बिमल भने मुर्च्छा पर्ने गरी हाँस्यो । लक्ष्मीले अनुहार अलिकति कुच्याइन । तर चनाले केहि भनेन, वास्तवमा केहि भन्नै जानेन । पुर्णले थप्यो - "हाय् अर्काले के के भन्छ भन्छ नि , अर्काको कुरा सुनेर हुन्छ ? मलाइ पनि कतिजनाले लक्ष्मीको लबर भनेर जिस्काउँछ ।" बिमल, रत्न, रामकिस्न सबै झन हाँस्न थाले । चना र लक्ष्मी वाल्ल । प्रतिमा भने अलिकति मुस्काइन, शायद सबैलाइ जिस्काउने रहेछ भन्ठानेर पो हो कि । पुर्ण भने लक्ष्मीलाइ भित्र भित्र खूब मन पराउने रहेछ, तर लक्ष्मीलाइ भन्ने आँट चै थिएन रहेनछ । त्यहिबेला मौका छोपेर "अरुले मलाइ लक्ष्मिको लबर भनेर जिस्काउँछ ।" भनेर आफैले भनेको रहेछ । यो कुरो बिमल, रत्नहरुलाइ थाहा रहेछ । बिमल, रत्न, पुर्णहरुले चनालाइ अब उस्काउन थाल्यो, "हेर प्रतिमाले तँलाइ मन पराउँछ । ल ।" भन्दै । पुर्णले जस्तै प्रतिमाले पनि आफै कुरा बनाएर भनेको हो भन्ने उनिहरुको ठहर थियो ।
Read Full Discussion Thread for this article