Posted by: Rahuldai April 3, 2007
New cabinet-regional balance
Login in to Rate this Post:     0       ?        
गाली गर्ने हरुको निम्ती हजार गाली छन ताली बजाउनेहरुको लागि हजार ताली छन कुन परिस्थिति र उद्देश्यले गठन भएको मन्त्री परिषद हो यो सोहि अनुसार को सन्तुलन हुनु पर्ने हो। बिकास को चिन्तामणी झोला बोकेको सरकार् होइन यो। क्षेत्रीय सन्तुलन जातिय सन्तुलन यहा निर् गौन हुनु पर्ने, मौन बस्नु पर्ने बिषय हो। संबिधान् सभा को निर्बाचन र परिवर्तनको संघार्, जंघार् तार्न बनेको सरकारमा सक्षम र सहि निर्णय गर्न सक्ने प्रखर ब्यक्तिहरुको जमात् हुनु पर्ने हो। अझै पनि हामी बाहुन कति, नेवार् कति , जनजाति कति। मधिसे कति भन्दै बिभाजित् सोचमै मग्न छौं। महिलाबादि जमात् त ५०% प्रतिशत भाग को लागि हुलुस् निकाल्दै छन्। पहाड् तराइ हिमाल् मा खण्डित अनुहार् भन्दा समयको माग अनुसार छिटो छरिटो र उपयुक्त कदम चाल्न सक्न सहसी मन्त्री चाँहीएको छ । मित्रहरु, गौर र लाहान घट्नाहरु को पुनराबृत्ती हुन छन । अझ त्यो भन्दा क्रुर र अ्आनबिय घट्नाहरु घट्न सक्छन । साधारण कुरा छ । तपाईं आफ्नो घरमा डेरा गर्ने महाशयलाई त भनेको बेला निकाल्न सक्नु हुन्न । २३८ बर्ष देखि बिर्तामा पाएको सक्ती र भक्ती यती सजिलै सँग त्याग गर्ला त ज्ञानेले? जस्ले यसो सोचेको छ, ठुलो भूल गरेको हुने छ । संबिधान सभा को निर्वाचन भए भने कुनै पनि हालत मा राजाबादी को बहुमत हुने छैन । संबिधान सभाको पहिलो बैठकले राजतन्त्र बारे निर्णय गर्ने भनिएको छ । अब त्यो चुनाव जसले आफुलाई देश निकाल गर्छ, हुन देला त । मेरो विचारमा सके सम्म चुनाव हुन दिने छैन । मधिशे पहाडेको झगडा को मात्र फर्मुला छैन होला, ज्ञाने र त्यसका सल्लाहकार हरु सँग । नेवार र गैर नेवार होला । हिन्दू र मुशल्मान को होला । दलित र सजातीय को होला । अनेक ज्वलनशील बिषय छन । सलाइ को कारखाना धेरै छन उद्योग्पति ज्ञानेन्द्र सँग । पैसा मा बिक्ने थुप्रै बुद्धी जीवी देखि लिएर बुद्दु जीवीहरु धेरै छन । अस्तु!
Read Full Discussion Thread for this article