Posted by: Rahuldai April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, तारेमाम्! धेरै दिन पछि दर्शन दिनी भो । स्वर्ण महोत्सब को समापन गर्न झुल्किनु भए जस्तो लाग्यो । जे होस्, चौतारीका मुखिया को आगमनले चौतारी गौरवान्बित भएको छ । न बुझ्नेको लागि नेवारी जहाँ को भए नि चाइनिज्, कोरियन जस्तै हुन्छ । छु धागु छु धागु हुन्छ । उपत्यकामा हुर्केका (२०४० अघि) जुन सुकै जाती प्रजातिलाई नि नेवार् थोर् बहुत् आउन्छ नै। भक्तपुरे नेवारि अझ मौलिक नेवारि भएकोले बुझ्न र बोल्न कठिन हुन्छ नै। जुनसुकै भाषा नि बुझे पछि खासा हुन्छ क्या रे। गैरभाषि ले आफ्नो बोलि बोल्दा रोमान्चित् हुने गर्दछ। मलाई त औरेजी बाहेक् अरु भाषा बोल्छु। नेवारि(काठ्माण्डौ, भक्तपुर्, ललितपुर्)), नेपाली, हिन्दि, मैथलि ( अलि अलि), उर्दू, स्पेनिस्भन्नाले ८-१० भाषा त बोल्छु पो गाँठे । धेरै भाषा जान्ने विद्वान हुन्छ रे भन्छन । आफु पनि त्यही बर्गमा परियो कि क्या हो ?
Read Full Discussion Thread for this article