Posted by: chanaa_tarkaari April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
गाम्लेहरका पुराना यादको लर्कोसँअ बरालिएर आफु नि एउटुक्रो टाँसिटोपलेको, काल्पनिक कथा कोर्न आएन जे भोग्यो तेहि लेख्यो , पछि पुण्टे दा को "पिरिभिऊ" को कुरो सुनेसि मलाइ लाज लाओ । चौतारिआँ जेपिटि टाँस्नि हइन "पिरिभिउ"बड पास भएसि मात्तै टाँस्ने हो कि जस्तो नि लाओ के रे । खास कुरो था' पा' भे मरिजाम । तेतिमात्र हो र, पुच्छराँ "क्रमश:" फुर्को नि झुण्डाउने भ'को, अहिले गाँड परेछ । लेखुम अल्सि लाग्नि, नलेखुम "क्रमश:"को इजेत जाला भन्नि डर । लु जा, आज यो टुक्रो एउटो जोडेम के रे, अब "क्रमश: स्रमश:" लेखिन्न - धर्मसंकटाँ त परिन्न - हइन ? --------------------- भक्तपुरको घर पुगेको दिन चनालाइ सपै रमाइलो लाग्यो । छिंडि, मातं, चोटा, बइग:, र क:सि सुद्दा भ'को ५ तले घर, ५०-६० जना मान्छैलाइ एकै घानमा भोज ख्वाउन मिल्ने फराकिलो चोटा, त्यसमाथि यांमानको ३-टा जोडिएको बुट्टेदार झ्याल - संझ्या:, त्याँट तल लाछिमा हेर्नुको मज्जै बेग्लै । क्वार्रर क्वार्रर आवाज निकालेर तमाखु खाने बाजे । घरभित्र "बिना:बि" भन्दै भर्याङमा तलमाथि हिन्नुको मज्जा बेग्लै । इट्टा छापेको बाटो, नजिकै ढुङ्गेधारा, इनारहरु, खेल्ने चुक, एउटा सानो ख्य: र ख्य: अगाडि दबू, घरअगाडि लस्करै फ:, घरपछाडि केब र रुखहरु, मुलढोका बाहिरै पिखालखु, केहि पर गणेद्य: नारांद्य: चिवा:द्य:का मन्दिरहरु । अल्लि पर हेर्यो वरीपरी डाँडाहरु फूच्व, जामाच्व, हिनाच्व । सबै चीज पुगेको जस्तो । तराइमा तेस्तो केहि नि थिएन । एकतल्ले घर, कलधाराको पानि र जता हेरे पनि समथर फाँट । केहिसमय घर वरिपरी हेरेर दङग परेपनि त्यसपछि बिस्तारै नियास्रो लाग्न थाल्यो । खेल्ने साथिको अभाव - त्यो त होइन । समस्या थियो भाषा । चनालाइ नेवारी पटक्कै नआउने, तर त्यहाँ सपै नेवारी मात्रै बोल्ने । बिरामी अजि हुनुहुन्थ्यो घरमा "पर्त्या भाय् मस: छु यायेउ का?" मात्तै भन्ने । बाहिर गयो, उस्तै उमेरकाहरु "खँय् भाय् ल्हाये मस:" भन्दै तर्कने । चनाको आमाले त:बा (ठुल्बा) लाइ स्कुलमा भर्ना गर्न भन्नु भेको रैछ, तर कहिले आउने हो ठेगान नभएको र स्कुलको मार्कसिटहरु नभएकोले त्यो पनि त्यत्तिकै । फागुनको अन्त लाइसकेथ्यो, सपै स्कुल गएको देख्दा चनाको मन अमिलो हुन्थ्यो । बाजेले नजिकैको लायकु स्कुलमा सोध्न जाँदा धेरै ढिलो भयो, भर्ना गर्न मिल्दैन भन्यो रे । एक्लै चना बिजुलिको लट्ठावरीपरि घुम्ने र अरुले खेलेको चुपो लाएर हेर्ने मात्तै । त्यहाँको खेलहरु चनालाइ अचम्म लायो । ह्वाकरा, डेम, चुंगि र तासका खेलहरु तराइमा देखेको थिएन, गुच्चा पनि अर्कै पाराले खेल्ने रैछ । डण्डिबियो, भालेजुधाइ, ढ्याके, डुम जस्तो खेल यता कसैले नखेल्ने रैछ । आसपास पनि आलपास भन्दै खेल्नि रैछ । पौडि खेल्ने त परैको कुरो घुँडामुनिसम्म आउने पानीसित नि डराउँदा रैछन यताकाहरु । कथा भन्ने, गाउँखाने कथा जस्ता खेलहरु खेलेको पनि देखेन चनाले । भिरालो, उकालो ओरालोमा मज्जैले कुद्ने रैछन, चना भने भिरोलो ओरालोमा हिड्नै डराउने । यतातिरका केटाहरु साह्रै छुच्चो मुख हुने रहेछ - खेल्दाखेरी तराइमा नि मुख छाडेको त सुनेकै हो चनाले, तर यतातिरकाले जस्तो बोलिपिच्छे "मा**खा", "छि**बु", "थ्व**इ", "*सा", "*ते", "बे**न" जस्तो बर्षा गरेको देखेको थिएन । त्यो माहौलमा हुल्लिएर खेल्न जाने आँट चनाले गर्न सकेन र अनायासै चना एकलकाँटे बन्दै गयो । नयाँ वातावरणमा घुलमिल हुन साह्रै गाहारो ।
Read Full Discussion Thread for this article