Posted by: nepaalisathi April 3, 2007
हिड्दा-हिड्दै
Login in to Rate this Post:     0       ?        
राष्ट्रपति बन्ने चाहना छैन: प्रचण्ड माओवादी अध्यक्ष प्रचण्डले नेपाली स्रोताका दर्जनौं प्रश्नहरुको जवाफ दिएका थिए नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले नेपाल गणतन्त्रमा परिणत भएपनि आफूलाई राष्ट्रपति बन्ने चाहना नभएको बताएका छन्। प्रचण्डलाई प्रश्न बीबीसी नेपाली सेवाको विशेष कार्यक्रम "प्रचण्डलाई प्रश्न" मा नेपाली सेवाका स्रोताहरूसंग कुरा गर्दै, प्रचण्डले देशमा राजतन्त्र पुरै परास्त नभएको र आवश्यक परेमा फेरी अर्को आन्दोलन जरुरी भएको बताए। उनले राजतन्त्रबारेमा जनताको फैसलालाई स्वीकार गर्ने उल्लेख गरे तर जनताले राजतन्त्रको पक्षमा मत देलान् भन्ने आफूलाई नलागेकोमा जोड दिए। चेतावनि दर्जनौं सशस्त्र माओवादी कार्यकर्ताहरूले घेरेका काठमाण्डौंस्थित रेडियो सगरमाथाको स्टुडियोबाट प्रत्यक्ष प्रसार गरिएको उक्त कार्यक्रममा प्रचण्डले शान्ति प्रकृयाको गति अलि अवरूद्ध भएको उल्लेख गरे। "सरकारले जसरी हिजोका प्रतिगामी शक्तिहरूसंग सम्बन्ध बढाउंदै लगको छ र वार्तालाई तिब्रता दिने कुरामा चिसोपन देखापर्छ त्यो पनि एउटा गम्भिर चिन्ताको विषय निश्चित रूपमा छ," प्रचण्डले भने। तर उनले वार्ता पुरै संकटमा परि नसकेकोमा जोड दिंदै वार्ता विफल भयो भने चाहिं प्रतिगमन हुनसक्ने चेतावनी दिए। आफ्नो दल सत्तामा गएको खण्डमा जनतालाई तत्काल राहत दिने एउटा प्याकेज ल्याउने बताउंदै प्रचण्डले भने, "आफ्नो दलको क्रान्तिकारी भूमिसुधारले एउटा नयां परिस्थिती सृजना गर्नेछ र विकास निर्माणका पुर्वाधार तयार पार्ने कार्यको थालनी हुनेछ।" आरोप प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग अब हुने शिखर वार्तामा संविधान सभाको मिति तोक्ने र हतियार व्यवस्थापनमा सहमति गर्ने कुराले प्राथमिकता पाउने प्रचण्डले बताए। उनले आफ्नो दल सत्तामा पुग्ने संभावना भ‌एको उल्लेख गर्दै, त्यसो भएमा वर्तमान नेपाली सेनालाई नयाँ राष्ट्रिय सेनामा पुनर्गठित गरिने र सेनाको संख्या घटाइने उल्लेख गरे। नयाँ सेना प्रमुख रूक्माङ्गद कटुवालको नियुक्तिलाई संकेत गर्दै, प्रचण्डले हालैको जन आन्दोलन दबाउन भूमिका खेल्ने सेनाका अधिकारीहरूलाई सरकारले पुरस्कृत गरेको आरोप लगाए। चर्चित पण्डीत नारायणप्रसाद पोखरेलको गत बर्ष भएको हत्यामा आफ्नो पार्टीको कुनै संलग्नता नभएको प्रचण्डले बताए। पोखरेलको हत्या माओवादीहरूले गरेको आरोप लगाइएको थियो र त्यसबखत हत्याका बारे छानविन भैरहेको माओवादीहरूले जनाएका थिए। बीबीसी नेपाली सेवाका सुमन खरेलले काठमाण्डौंस्थित रेडियो सगरमाथाको स्टुडियोबाट प्रत्यक्ष प्रस्तुत गरेका उक्त कार्यक्रमका लागि स्रोताहरूका हजारौं पत्र, इमेल तथा फोनहरू प्राप्त भएका थिए।
Read Full Discussion Thread for this article