Posted by: Swatantratagaamy April 2, 2007
रमाइला ठेट् नेपली ऊखान-टुक्का
Login in to Rate this Post:     0       ?        
एक जना दाई हुनुहुन्थो उस बेला,झ्यालिपीटाई । उहाँको थेगोनै झ्यालिपीटाई भएकोले हामी उरन्ठेउलाहरुले राखेका थियौ त्यो नाम सम्मानार्थ। उहाँको वरिपरि झुम्मिएर ख्याल ठट्टा र उखानहरु सुन्न पाए खाना र मच्छदको टोकाइ पनि बिर्सन्थ्यो। एस् एल् सि परिक्षा पछिका ति दिनहरु सारै रमाइला थिए। उहाँ एक दिन आफ्नो सम्मानिय काकाको साथ हिले बजार जानु पर्ने भएछ कामको सिलसिलामा । राती होटलको कोठामा काकाज्युले आवाजरहित दुर्घन्धित बायु त्याग गर्न थाल्नु भएछ। हाम्रा झ्यालिपीटाइ दाईलाई चाँही " नसुघुँ त कान्छा बाबुको पाद, सुघुँ त गुँको सास" जस्तै भएछ रे। त्यो उखाँन चाँही " नखाँउ त दिन भरिको शिकार, खाँउ त कान्छा बाउको अनुहार" को आधुनिकरण थियो ।
Read Full Discussion Thread for this article