Posted by: Nepe April 2, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
चौतारीका सबै अंकहरु पठनीय र रम्य हुन्छन् भने यो स्वर्णाङ्क चाही-- सबैको कोसेलीहरु चाख्न भ्याईनसकेको भए पनि-- संकलनीय स्मारिका भयो भन्ने मानिचु । खास गरेर नीजी अनुभव र कथाहरुले चौतारीको परिभाषा नै भने हुने जुन अपनत्वको वातावरण छ त्यसलाई झनै सुदृढ र पुनर्पुष्टीत गर्छ भन्ने लाग्छ मलाई । हो, चौतारी बाहिरको भूमि आक्रामक, निर्मम र जिम्मेवारीबोधविहिन छ, त्यसैले वैयक्तिक रुपले सम्वेदनशिल सामाग्रीहरु अनुपयुक्त होलान् त्यहाँ । तर चौतारी भित्रको वातावरण-- भनौं मुल्य, मान्यता र सभ्यता-- अलग्गै छ । दौंतरीहरुको नीजी जीवनप्रति अक्षुण्ण सम्मान नै चौतारीको प्राण हो । जुन दिन त्यो अक्षुण्णता टुक्रिन्छ, त्यसदिन चौतारीको मृत्यु हुनेछ । तर त्यस्तो दिन कहिले आउने छैन र चौतारीले यसको आफ्नो पहिचान, परम्परा र मुल्यहरुलाई साझाको जीवनभर जगेर्ना गरिरहन सक्षम हुनेछ भन्नेमा मलाई शंका छैन । त्यसैले म पनि अरु दौंतरीहरुसंग कुम जुधाउदै मेरा आफ्नै गोडा दुएक अनुभव-कथा सुनाउन हाजिर छु । मेरो विस्तृत परिवारको मेरो पुस्तामा म खासै प्रभावशाली र जेठोबाठो नभए पनि एकाध पारिवारिक घटनामा counseling गर्ने काम पाएको छु । एउटा यस्तै असफल counseling र अनि मेरा केही साथीहरुको हकमा भने सफल counseling गर्न पाएको दुई घटना सुनाउने अनुमति पाम । १. असफल प्रेम भँडाई: मेरो एकजना cousin को प्रेमले हाम्रो परिवारलाई धर्मसंकटमा पारिदिएको थियो । सबभन्दा ठुलो संकट चाही प्रेमीकाको परिवारले केही समय अघिमात्र मेरो बज्यै स्वर्गे हुँदा जुठो बारिदिएर अंगिकृत किसिमको नाता जोडेका थिए । थर एउटै भए पनि उपथर र गोत्र भने अलग्गै भएकोले हाम्रो नजिकको वंशाणुगत नाता त थिएन, तर जुठो बारेपछि भने भावनात्मक रुपले हामी एउटै परिवारका थियौं । र मैले जिम्मा पाएँ त्यो प्रेम भाँड्ने काम । योजना अनुसार मैले मेरो कजनसंग कुरा गरेर उसलाई त्यो प्रेम तोड्न मनाउनु थियो । त्यसैले कमै भेटघाट हुने त्यस कजनसंग केही समयको लागि appointment मिलाईयो । उसले सम्भवत: १०-१५ मिनेट कुरा गरेर उ उसको प्रेमप्रति दृढ छ भन्ने सुनाएर हिड्न भनेर बेलुका मकहाँ आएको थियो । तर हामीले रात निक्कै छिप्पिउन्जेल कुरा गरेम । कुराको अन्त्यमा उ त्यो प्रेमसम्बन्धलाई तोड्न राजी भयो । तर मैले नाताको आचारसंहिताको तर्कबाट भने उसलाई मनाएको होईन । मेरो लगभग पहिलो वाक्य नै थियो यदि उ साच्चै तयार छ भने परिवारका साराले विरोध गरे पनि म भने उसलाई बिहे गराईदिन तयार छु । तयार भनेर मैले उसको मानसिक तयारी होईन कि उसको आत्मनिर्भरताको कुरा गरेको थिएँ । एनिवे, कुरा मिल्यो । उसको तालिम र विदेश जाने समेत सम्पूर्ण योजना बन्यो । उसले तालिम शुरु गरेको र केटीलाई भेट्न छोडेको सुनेर खुशी र ग्लानी दुबै लागेको थियो । तर एक महिना जति पछि, प्रेमले नै जित्यो र अन्ततोगत्वा they married and lived happily ever after. पछिल्लो पटकको भेटमा बुहारीले चियाको सत्कार गर्दा म भँडुवा जेठाजु भएको कुनै भनक पाईनँ । २. जादुगरी असर: यो पनि प्रेम छुटाउने मामलासंग सम्बन्धित छ तर मामला अलिक पेचिलो र प्रशस्त subtleties भएको वाला थियो । मामला थियो एक जना abusive प्रेमीप्रति एकजना परित्यक्ता तर सुपठित केटीको obsessive love र अर्को योग्य केटाको विवाहप्रस्तावप्रति अनुत्तेजना । केटीको समस्या थियो त्यस योग्य केटा (सुदर्शित, भलादमी, पठित, र अमेरिकामा स्थापित) को प्रस्तावप्रति किन उ अनुत्तेजित छे भन्ने अनुत्तरित प्रश्न । मैले दुईतीन प्याराग्राफ जतिको एउटा चिठीमा उसको समस्या explain गर्ने एउटा theory सुनाएँ । जवाफमा केटीले लेखी, "दीपक, तेरो चिठीले जादूको काम गर्‍यो" । फलानो दिन मेरो बिहे हुँदैछ । उनीहरु भर्खरमात्र मेरिल्याण्डबाट टेक्सासमा सरे । मेरो आलोकाँचो थ्योरी के थियो भने उसको abusive भूतपूर्व प्रेमीले उसको मष्तिस्कमा जुन आकारको रिक्तता छोडिदिएको छ त्यो त्यही प्रेमीको फोटोकपीले मात्र ठ्याक्क भर्नसक्छ, अन्य कुरा त्यसमा fit हुँदै हुँदैन । र त्यसैले उसको मन त्यस्तै मान्छेको खोजीमा छ, त्यस्तै abuse र क्रुरताको छायाँको खोजीमा छ । थाहा छैन यो थ्योरी कतिको sensible छ, तर यसले राम्रै काम गर्‍यो । ३. "मुभ अन": बल्ल बुझें: यो चाही अचानक सम्बन्ध नराम्ररी बिग्रेका दुई साथीहरुको सम्बन्ध सामान्यिकरण गर्नसंग सम्बन्धित छ । मामला एक केटा साथी र केटी साथीको थियो र सम्बन्ध मरम्मत गर्न नसकिने गरी बिग्रेको थियो । मेरा दर्जनौं चिठीहरु र अनेक थ्योरी, प्रेरक प्रसंगहरु, व्यवहारशास्त्र, दर्शनशास्त्रले पनि केटीको victimhood लाई कम गर्न सकेको थिएन । तर एक पटक मैले "मुभ अन" भनेर ब्याख्या सहित सल्लाह दिएको रहेछु । एक पटक केटीसाथीले त्यो केटासाथिलाई सत्कार गर्नुपर्ने समय आईलाग्यो । यो मानसिक रुपले निकै कठीन काम थियो रे । तर पछि उसले लेखी, "मैले तिम्रो शब्द 'मुभ अन' को अर्थ बल्ल बुझें । अब म 'मुभ्ड अन' भएको छु"। मेरो 'मुभ अन' सल्लाह जस्ताको तस्तै: From: .. To: .. Date: Jul 29, 2005 Subject: .. Dear ... My best advice to you can be summarized in a single phrase: MOVE ON. Moving on means not to get stuck in the old place, incident and account anymore. When something is painful and there is not much or anything worth doing for it, you close the account and move on. That's the way of living a life for wise people. Not so wise people, on the other hand, keep the account of painful experiences open all the time and keep suffering from it in odd installments You have to choose between these two choices. How to move on from a painful experience ? There is no single formula that works for all cases and persons. Some people for some cases trash and empty the memory of the experience. It's not exactly erasing the memory but something like convincing yourself that you have successfully done it. Most people probably can not do that and also probably not a HEALTHY way unless it is for something that is devastating. The healthy way is that of honesty, compassion and wisdom. Honesty involves things like re-examination, benefit of doubt and so on. Compassion is forgiveness. And wisdom would be knowing what is important, what is less important and what is unimportant. Knowing that humans are product of environment and their genes is also important part of wisdom. After letting these goodness of yours own to work, you are generally already at the level where most of the painful things, at least the one you understand, can not inflict pain upon you anymore. And for the thing you do not understand or understand that it is not worth understanding, you dump them and move on, without them, not because you are afraid to carry them on, but because you are not afraid to dump them; not because you are afraid or incapable to deal with them, but because you have better, more important and nobler things to do; not because you hate somebody, but because you have self-respect, and so on. Dear .., I want you to trust me that I am not saying these things to give you a false comfort or, worse, to stay neutral between you and [him]. I am saying this because I care for you and I know what is good for you. If you think if have been abused and that only a sense of justice can bring peace to your mind, I can confront [him] and find out what had happened. (Trust me I do not know anything, because I myself did not want to know. I was not prepared to know the detail of a wonderful old friendship gone wrong). I do hope that you will forgive me for not showing interest in this mishap before. I was not insensitive, just a coward- afraid of pain. ... ... Deepak ल त दम्तरी हो, यसपाला यत्ति नै । नेपे
Read Full Discussion Thread for this article