Posted by: sayami April 2, 2007
हरे.. गिरी जा बाबु! ........
Login in to Rate this Post:     0       ?        
. राम्रो काम गर्नेलाइ हौसला दिनु पर्दछ, दुख गर्ने र गरेको मान्छेलाइ सहि ठाउंमा हाल्न सक्नु पर्दछ, कुरा ठिक हो। गिरिजाले के त अब प्रधानमन्त्री, रक्षा र स्वास्थ, सबै माकुराको जाल बालुवाटारमा थुपारेर मात्र यो कठिन अबस्थामा सबै कुरा राम्रो हुन्छ भन्न त गाह्रो हुन्छ... अझ परराष्ट्र पनि ताकेको थियो साहना प्रधानलाइ रसियामा राजदुत बनाएर भगाउने प्रयाश गरेको थियो..... गिरिजा र साहना, कस्ले बढि दुख गरेको छ र नेपाली राजनितिमा योगदान पुरयाएको छ भन्ने तुलना गर्ने त हाम्रो काम हो.... यो आन्दोलन बाट आएको उपलब्धि गिरिजाले मात्र बाइसधारा निस्केको पानि जस्तो निकालेको चाहि पक्कै पनि होइन मं सबैलाइ उत्तिकै बराबर दुरिमा देख्दछुं...... यो आन्दोलन भाग दुइ सबैको संयुक्त प्रयाश हो। मं सबैलाइ उत्तिकै बराबर दुरिमा देख्दछुं। यो आन्दोलन भाग दुइ सबैको संयुक्त प्रयाश हो। तर कोहि गल्ति बाटोमा हिड्न खोज्छ भने उस्लाइ रोक्ने हाम्रो काम हो। कहिले सेरोमोनियल किंग कहिले राजाको स्पेसको वकालत त कहिले श्री मान गम्भिर त्यसकारण यो भर्खरै उठेको जागरण सहि दिशातिर लैजान अहिलेनै शक्ति बिकेन्द्रीकरणको पाठको अभ्यास गर्न सिक्नु पर्दछ। ८६ बर्षको बृद्धलाइ आश्रममा हाल्नु पर्दछ। मन्त्रालयको अभिभारा अरुलाइ दिनु पर्दछ। नयां पिंढिलाइ अगाडि सार्नु पर्दछ। उता शंघीय गणतन्त्र को बिकुल फुक्ने यता फेरि भर्खरै गठन भएको मन्त्रीमंडल फेरि उहिं तानासाह राजाको तस्बिरको अगाडि सभा बस्न के जरुरी थियो त! के आन्दोलन यतिकै लागि भएको हो त ! .
Read Full Discussion Thread for this article