Posted by: chanaa_tarkaari April 2, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
खोइ, सुनको चौतारी रे, पित्तलको नबनाम है । तिम्लाइ कस्तो छ? मलाइ यस्तो छ, जस्तो गन्थन रुच्न छोड्यो हौ मोलाइ । लु म चै यो पस्किन्छु, मेरो आफ्नै सिर्जना होइन यो, कता कता सुनेको । यहाँ फुलबुट्टा भरेको । ----------------------------------------------------------------------------- फुच्चे: "आमा आमा मेरो बथडे आउन लायो, मलाइ के प्रेजेण्ट दिने?" आमा: "तँलाइ प्रेजेण्ट चाइयो? के चाइयो?" फुच्चे: "आमा मलाइ एउटा साइकिल प्रेजेण्ट दिनु न है ।" आमा: "ल कोठामा गएर गणेश भगवानलाइ एउटा चिठी लेख, अनि गणेश भगवानले साइकिल दिन्छ । " फुच्चे चिठि लेख्न आफ्नो कोठामा जान्छ र लेख्न थाल्छ। "प्यारो गणेश, म एकदम ज्ञानि भएको छु । बथडेमा मलाइ एउटा साइकिल देउ न प्लीज तिम्रो साथि फुच्चे" फुच्चेलाइ थाहा थियो त्यो साँचो होइन । उसले सोच्यो, "म एकदम ज्ञानि भएकै छैन, गणेश भगवानले त्यसैले मलाइ साइकिल दिदैन होला । भएन, अर्को चिठि लेख्छु ।" एकदम सिरियस बनेर फेरि लेख्छ । "प्यारो गणेश, म ज्ञानि भएर पढेको छु । बथडेमा मलाइ एउटा साइकिल देउ न प्लीज तिम्रो माया गर्ने साथि फुच्चे" फुच्चेलाइ थाहा थियो त्यो पनि साँचो होइन । उसले फेरि सोच्यो, "मैले ज्ञानि भएर पढेकै छैन, गणेश भगवानले त्यसैले मलाइ साइकिल दिदैन होला । भएन, अर्को चिठि लेख्छु ।" फेरि अर्को चिठि लेख्छ । "प्यारो गणेश, मैले आमालाइ सरहरुलाइ साथिहरुलाइ कसैलाइ पनि दुख दिएको छैन । बथडेमा मलाइ एउटा साइकिल देउ न प्लीज तिमीलाइ सम्झने साथि फुच्चे" फुच्चेलाइ थाहा थियो त्यो पनि बिलकुलै साँचो होइन । उसले मनमनै फेरि सोच्यो, "मैले सबैलाइ दुख दिएको छु, गणेश भगवानले त्यसैले मलाइ साइकिल दिदैन होला ।" अब भने फुच्चे हायलकायल भयो । "होस अब साँचो साँचो लेख्छु ।" उसले अठोट गर्यो र फेरि लेख्यो । "प्यारो गणेश, मलाइ थाहा छ म ज्ञानि भएको पनि छैन, मैले आमालाइ सरहरुलाइ साथिहरुलाइ सबैलाइ दुख दिएको छु । मलाइ यो सम्झिदा नराम्रो लागेको छ । म अबदेखि यस्तो गर्दिन । ज्ञानि बन्छु, कसैलाइ दुख दिन्न । बथडेमा मलाइ एउटा साइकिल देउ न प्लीज तिम्रो साथि फुच्चे" फुच्चेले चिठि दोहोर्याएर पढ्यो र मनमनै सोच्यो । "मैले साँचो लेखे पनि गणेशले मलाइ साइकिल दिदैन होला । मैले राम्रो केहि गरेकै छैन ।" अब भने फुच्चे साह्रै दिक्क मान्यो । गणेशभगवानलाइ कसरी फकाउने भनेर सोच्नै सकेन र आफै प्रति निराश हुन थाल्यो । फुच्चेलाइ साह्रै निराश र चिन्तित देखेर आमा दङ्ग परिन । आमाले आफ्नो योजना सफल भएको सोचिन र फुच्चेको चर्तिकला फुच्चेले चाल नपाउने तरीकाले नियाल्न थालिन । केहि बेरमा फुच्चे आमाकहाँ आयो । "आमा आमा मलाइ पुजाकोठाको चावि दिनु न ।" आमा दङ्ग परिन । फुच्चेले पहिलोचोटि आफै भगवानको सामु पर्न खोजेको देखेर उनी मनमनै साह्रै खुशी भइन । चावि दिदै आमाले भनिन - "भगवानको प्रार्थना राम्ररी गर है बाबु ।" फुच्चे पुजाकोठामा गयो । ढोकाबाट दायाँबायाँ बाहिर पल्याकपुलुक हेर्यो । कोहि छैन भनेर निर्धक्क भएपछि पार्वतिको तस्वीर जुरुक्क उचाल्यो र सर्टभित्र लुकायो । अनि ढोका लगाएर दौडेर आफ्नो कोठामा आएर फेरि चिठी लेख्न बस्यो । "हे भुँडिगणेश, तेरो आमा मेरो कब्जामा छ । यदि तँ तेरो आमालाइ सहिसलामत देख्न चाहन्छस भने मलाइ एउटा साइकिल पठाइदे !!!!! ।"
Read Full Discussion Thread for this article