Posted by: shirish April 2, 2007
नंया मन्त्री मण्डल
Login in to Rate this Post:     0       ?        
ओलीको बलि आफ्नो शेषपछि पनि शासनमा कोइराला परविार नै कायम रहोस् भन्ने चाहना थियो प्रधानमन्त्रीको । त्यसैले काङ्ग्रेस उपसभापति सुशील कोइरालाका लागि उनले वरष्िठ उपप्रधानमन्त्री पदमा अडान राखे । अन्तरमि सरकार गठनलगत्तै काङ्ग्रेस एकता हुने भएकाले शेरबहादुर देउवालाई पार्टर्ीीे वरष्िठ उपसभापति बनाउने सहमति गरसिकेका कोइरालाले सुशीललाई सरकारमा आफूपछिको स्थान दिनुपर्ने बाध्यता थियो । उपप्रधानमन्त्री पदमा काङ्ग्रेस, एमाले र माओवादी तीनै दलको दाबी थियो । तर, वरष्िठ उपप्रधानमन्त्री काङ्ग्रेसको भागमा पर्ने अवस्था सिर्जना भएपछि माओवादीले सो पदप्रति खासै रुचि देखाएन । बरु उसले सञ्चारलगायत रणनीतिक महत्त्वका अन्य मन्त्रालयतर्फआ“खा दौडायो । उता आन्तरकि रस्साकस्सीमा जुटेका एमाले नेताहरूको एउटा गठबन्धन कुनै हालतमा ओलीको सत्ता बहिर्गमन चाहन्थ्यो । त्यसैले एमालेले पनि उपप्रधानमन्त्री पदको अडान खुकुलो पार्‍यो । अन्ततः उपप्रधानमन्त्री पद नराख्ने विन्दुमा तीनवटै प्रमुख दलहरू सहमत भए । जसबाट प्रत्यक्ष्ँ मारमा परे, निवर्तमान उपप्रधानमन्त्री ओली । र्सार्क सम्मेलनमा भाग लिन दिल्ली जान ठिक्क परेका ओलीले चैत १६ गते सा“झ आफ्नो भ्रमण रद्द गर्नुपर्‍यो । ओलीको यो आकस्मिक सत्ता बहिर्गमनले एमालेमा चर्को रडाको मच्चाउने सम्भावना बढेको छ ।
Read Full Discussion Thread for this article