Posted by: Gautam B. April 1, 2007
Login in to Rate this Post:
0
?
वाफ्रे कति धेरै क्या रमाईला र मार्मिक कथाहरु! पढ्दै-रुँदै, कहिले पढ्दै-हाँस्दै छु! बीच-बीचमा गीत-गजल राख्दिने मित्रहरुको पनि जय होस्।
****
बरु एउटा कुरामा भने साह्रै चित्त दुख्यो। कुम्लेले हामीलाई पत्याएन जन्ती लानको लागि! एकवचन निम्तो पनि गरेन! 'ल गोताएँ दाइ, केटीपटिकाले जन्ति धेरै नल्याउनु भनेका छन्, त्यै भ'र तिम्लाई लान मिलेन' भन्या भे'नी खुशीनै हुन्थें। तर त्यति भन्न पनि पत्याएन गाँठे! मैले मात्तै आफ्नु ठान्या र'छु कुम्लेलाई!
तर जे भयो राम्रै भयो। कुम्लेको पनि किलो-दाम्लो चाइञ्जो भयो! ल केटा गरिखाएस्, जिन्दगीको किलो-दाम्लो झन्-झन् वलियो हुँदै जाओस् दिनदिनै! धेरै-धेरै शुभकामना छ!