Posted by: Bhaute March 30, 2007
Login in to Rate this Post:
0
?
भुराहुरले अस्ति भर्खर ए फर याप्पल भन्दै कराको जस्तो लाग्थो, चौतारीमा। कस्तो रमाइलो अउँरेजी कथा लेख्न सक्ने भैसकेछन गाँठे। झिल्केको कथाले मलाई नि कोलकाता बाट छिरेर मैसुरको टुप्पो सम्म, अनि जयपुरको बाँझो हुँदै सिमराको चिसो पाखो सम्म फन्को मारेको सम्झना भो।
रामेको आरियानेको कथा नि मज्जाको लाओ। अरु नि आउँछ भन्दै बिचाँ सोल्टी साबुलको बिज्ञापनमा अड्काएछन के रे। चनाको कथा फेरि मार्मिक रे'छ। हाम्रा बा' नि बेलाँ बिदेसाँ पढ्न गा'का भे' अहिले खैरे नाति पाइसक्थे। डाँडाको टुप्पोमा बसेर देखेको जति मेरो हो भनेर सालघारी घेरेर बसेछन के रे, ऐले हाम्लाई यो दु:ख।
ल ल, पेलम पेलम। बीच बीचाँ नेपे-दाको शिलोक सुन्न पाए तिनपाने सँग असलामाछाको चटनी टोके जस्तो हुन्थ्यो, कता हराउनु भो कता।
जिम्माल त थलै परेछन कि के हो? नाक मुख देखाउदैनन्। हर्लिक्स लिएर भेट्न जान्छु भन्यो, मौकै मिल्दैन।