Posted by: chanaa_tarkaari March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
खुइय्य्य्य्य्य्य्य्य्य । एक हल गोरु जोतेर मात्तै चौतारी पसम्ला भनेको, सकिएन । आsssss होस आजलाइ थाति । आच्याsssss ह्याँ चौतारिआँ त खुप्पै रमाइलो पो भैरा'र'छ त । GOLDआ चौतारिआँ सपैजना OLD OLD कुरो अर्न पो थालेछ गाँठे । कोहि खेलकुद, कोहि बिदेश गको, कोहि मुइयाँसित जिस्केको, कोहि के कोहि के । लु मलाइ नि भन्न मन लाओ के रे नेपाल पस्दाखेरिआ कहानि । पहिलो भाग पस्किहालम है ताआआआआआ । बाबा पढ्न भनेर बिदेश लागेसिन चनाको परिवारलाइ तराइमा बस्न सजिलो भएन । वरीपरीका छिमेकिले गाह्रोसाह्रो पर्दा सहयोग त गरेकै हुन, तै पनि आफ्नो भन्ने नातेदार आफन्त कोहि कतै नहुँदा त्यो ठाउँ यत्तिकै परदेश बन्यो । जग्गा जमिन केहि छैन, अरु काम पनि छैन, आम्दानिको श्रोत पनि छैन, बाबाको जागिरे तलब नै सबै थोक । सामान्य किनमेलको लागि नजीकको बजार पनि झण्डै आधिघण्टा टाढा । जेठो छोरो चना जम्मा ९ बर्षको र अरु तीनजना साना नानीहरु, झन कान्छि त दुइ बर्ष नि भएको थिएन । यति साना बालबच्चालाइ स्याहार्ने काम एक्लो आमाको लागि कम्ताको चुनौतिपुर्ण थिएन । जसोतसो त्यो बर्षको इस्कुल सक्काएर चनाको परिवारले नेपालतिरै (याने कि काठमाण्डुखाल्डोतिर) जाने निधो गरे । जान त जाने, तर जान कति गाहारो । सामानहरु सबै प्याकिङ गर्नै पर्यो, दु:ख गरेर एक एक गरेर जोडेको सामान त्यत्तिकै फालेर जाने कसरी? सकेजति लिएर जानै पर्यो । तिनलाइ पोस्टल डेलिभरि गर्ने ब्यबस्था पनि थिएन, टडक रिजब गरेरै लानलाइ त्यस्त बिधि धेर सामान भएको पनि होइन। अलिअलि गर्दै प्याकिङ गर्दागर्दै जाने दिन सम्ममा ४-५ ट्याङका र केहि थान झोलाहरुमा सामान समेटियो । आमाको एक्लो ज्यान घरि बालबच्चा घरि सामान गर्दै सामान घरबाहिर राखेको बेला चनाले पनि स-सानो झोला बोकेर आमालाइ सघायो र बर्षौ बसेको घरलाइ बिदावारि गरेर हिड्यो काठमाण्डुतिर । छिमेकका काकाहरुले ट्याङका बोकेर बस टप सम्म पुर्याइदिए । बसको डाइभरलाइ भेटेरै बाटोमा सहयोग गर्न अनुरोध गरिदिए । ट्याङका जति छतमा चढाएर डोरिले कसे । बिच बाटोमा अर्को बस समात्न पर्ने बेलाँ भरिया खोजेर सामान हाल्न लगाइदिनु है भनेर डाइबरलाइ फेरि राम्ररी अनुरोध गरे । ठामठाममा रोक्दै बस आफ्नै गतिमा हिड्दैथ्यो । एकठाममा बसको छतबाट सामान ओराल्दै थे, चनाको बहिनिले भन्यो "ऊ हाम्मो बाकस" । झसङ्ग भएर आमा बाहिर निस्केर हेर्दा त हो रैछ, एउटा ट्याङका ओरालिसकेको । "ए दाइ किन हाम्रो ट्याङका झारेको यहाँ, हामी यहाँ ओर्लने होइनन्त ।" आमाले सोध्नुभो । "ऊ त्यो साहुले झार भनेको ले हौ मोइले झारेको" । डाइबरले त्यो भरियालाइ केहिथान गालिको बर्षात गरेर सामान फेरी कस्न लगाए । त्यसपछि हरेक पल्ट बस रोकिदा कसैले आफ्नो सामान झार्यो कि भनेर हेर्ने काम पायो चना ले । "ल दिदि, यहाँबाट अर्को बस समात्न पर्छ । सामान पनि धेरै छ तपाइको, बच्चाहरु साना साना छन । हतार नगर्नुस, मैले चिनेको डाइबरको गाडिमा पठाउँला । तपाइलाइ सजिलो हुन्छ ।" डाइबरले चनाको आमालाइ भन्यो । हुन त हतारै गरेर नि त्यहाँ अर्को बस थिएन । हस भनेर कुर्ने उपाय मात्रै थियो । भरियालाइ बोलाएर सामान झार्न लगाए । नजिकैको चियापसलबाट चिया मगाएर खाए । स-साना बच्चाले दिने एकोहोरो दु:ख त्यो चियाको साथ थियो नै । करीब एक घण्टा जति धुले चोकमा कुरे पछि अर्को बस आयो । अर्को डाइबरलाइ त्यो डाइबरले केहि परे सहयोग गर्दिन भने । त्यो डाइबर आफै छतमा चढेर सामान कसे र झ्यालसँगैको सीट पनि मिलाइदिए । पहिलाको डाइबर पनि बसभित्रसम्मै आएर "ठीक छ हैन त? ल राम्ररी जानोस है दिदि" भन्न आए । नेपालीको सहृदयि मन र सहयोगि ब्यबहारको एउटा उत्कृष्ट सम्झनाको रुपमा ती दृष्यहरु चनाको दिमाखमा छापिएर अझै बसेको छ । काठमाण्डु कतिखेर पुग्ने होला ? चनाको मन उत्सुक थियो । पोहर बाबालाइ बिदावारी गर्न काठमाण्डु आएको भए नि काठमाण्डुको खासै सम्झना बाँकि थिएन मनमा । अफशोच, काठमाण्डु आइपुग्न अगावै दिन ढल्यो । रातिको करीब आठबजेतिर बसपार्क आइपुग्यो । रत्नपार्क नजिकको त्यो बसपार्क अँध्यारोमा रुमल्लिसकेको थियो । "ल सबै यहि ओर्लने हो बसपार्क आइपुग्यो ।" एकजना कराए । सुतेका नानिहरुलाइ उठाउदै, सामान स्याहार्दै ओर्लै चना पनि आमाको पछि लागेर । ओ हो बसपार्क त हिलै हिलो रहेछ । जुत्ता गड्याम्म गड्यो । डाइबरले "म भरिया खोजेर ल्याउछु है" भन्थ्यो, कता गयो गयो । सानो नानिलाइ जिम्मा लगाएर आमा पनि भरिया खोज्न जानु भयो । एकैछिन अघिको भीडभाड पनि स्वाट्टै पातलिएर फाट्टफुट्ट मान्छे देखिन पनि छोडे, स-साना चारजना बच्चाहरु मात्रै त्यहाँ र त्यसमाथि सानो नानि रुन पनि थालिन । आमा आउनु भो, तर भरिया फेला परेन, सानो नानिको रुवाइ बन्द भो । यतिकै त्यहि बसेर डाइबरलाइ कुर्नुको बिकल्प थिएन । चनालाइ बेस्करी भोक लागेको थियो, तर भोक लाग्यो भन्न मन लागेन । केहिबेर पछि ड्राइभर आइपुगे, "भरिया फेला परेन दिदि, समान ओराल्न त म ओराल्दिउँला । त्यसपछि के गर्ने? यहाँबाट तपाइ कता जाने?" चनालाइ पनि थाहा थिएन कता जाने ? "भक्तपुर" आमाले भन्नु भो । "भक्तपुर?!!!! यस्तो अबेर भइसक्यो, यस्तो स-सानो बालबच्चा छन, यतिका धेरै समान छ, बस पनि पाउदैन, कसरी जाने भक्तपुर? तपाइ जान सक्नु हुन्न आज । बरु यतै लज खोजेर बस्नुस दिदि, भोलि जानुस । नत्र गाहारो हुन्छ । " डाइबर पनि चिन्तित देखिन्थे । बडो असामञ्जस पर्यो । के गर्ने के गर्ने? सबैलाइ भोक र थकान ले चूर गरेको थियो नै, त्यसमाथि हिलाम्य बसपार्कमा उभिदा उभिदा बडो सास्ति भइसक्यो । बसको छतबाट सामान ओराल्न त बाँकि नै थियो । रातिको ९:०० बजिसकेको थियो । घण्टाघरले ठोकेको त्यो नौ घण्टी चनाले नबिराइ गन्यो । त्यो ड्राइभरलाइ त्यसको साथिहरुले २-३ चोटि बोलाउन आइसकेको थियो । ड्राइभर शायद असल थियो, उसले यतिकै छोडेर गएन बरु छतमा चढेर डोरी फुकाउन थाल्यो सामान ओराल्नलाइ । यतिकैमा एउटा मिनिबस आयो । "भक्तपुर भक्तपुर" भनेर चिच्याउदै । आमाले बस रोक्नु भयो, बस करीब भरीभराउ थियो । मान्छै चढ्न त सकिन्थ्यो, तर सामान अटाउने ठाउँ थिएन । आमाले भित्र कोहि चिनेको मान्छै छ कि भनेर आँखा चियाउनु भो । सञ्जोगले मामाको साथि त्यहाँ फेला परे । ओ हो अब बल्ल आमाको सास नौ बित्ता उक्ल्यो । "चन्द्र दाइ चन्द्र दाइ" । चन्द्र मामाले चिहाएर हेरे । " ए हे ~~~~ !!! छ गनलं थन? थपायसकं लिबाक्क ?" तीन छक्क खाँदै बसेको सीट छोडेर झरे चन्द्र मामा । बालबच्चा पनि देख्ता त एकछिन तर्सिए नै । नेवारीमा परर्रर्रर बोलेका चन्द्रमामाको बोलिहरु चनाले राम्ररी बुझेन । खबर नगरी किन आएको एकलै यस्तो टाढाको बाटो, यस्तो सानो बच्चाहरु र सामान लिएर भनेर गालि गर्नु भयो शायद । तर त्यो बेला खबर गर्न पनि सजिलो कहाँ थियो र? न टेलिफोन, न इमेल इन्टर्नेट । आवा, हुलाक त थिए तर निरक्षर आमाको लागि त्यो पनि कहाँ सजिलो हुनु । एकैछिनमा चन्द्रमामाले आमालाइ नआत्तिन भने र मिनिबसको ड्राइभरलाइ सामान लान सकिन्छ कि सकिन्न भनेर सोधे । ड्राइभरले लान नसक्ने कुरा गरे । मिनिबसका प्यासेन्जरले धेरै बेर किन रोकेको भनेर कराउन थालेपछि मिनिबस गयो गन्तब्यतिर । चन्द्रमामा, ड्राइभर र आमा मिलेर बसको छतबाट सामान ओराल्नु भो । समान ओरालिसकेपछि, " ल दिदि, तपाइको दाजु भेट भयो, धेरै सजिलो भयो, मलाइ बिदा दिनोस, अब म पनि खाना साना खान जान्छु । " भनेर ड्राइभर बिदा भयो । भोको पेट अनि हिलाम्य बसपार्कमा समान यताउता गर्न आमालाइ निकै सकस परेको चनाले बुझेको त थियो, तर उसले केहि गर्न सक्ने अवस्था थिएन । एकैछिन बिलाए पछि चन्द्रमामा फेरि देखा परे र आमासित फेरि ट्याट्यामट्या गर्दै के के भन्न थाले । अर्को एकजना मान्छे पनि थियो र सामान लगेर नजीकैको एउटा लजमा राख्नु भयो । त्यसपछि चन्द्रमामाले नै एउटा ट्याक्सि लिएर आउनुभयो, र त्यहि ट्याक्सि चढेर सबैजना राति १०:०० बजे मामाघर पुगे । भोलिपल्ट बिहान मामाले उक्त लजबाट सामान घर ल्याउने ब्यबस्था गर्नुभो । यसरी के होला कसो होला भन्ने डर र अनिश्चितता बीच मै पनि काठमाण्डुसम्मको चनाको यात्रा सुखमय नै रह्यो भन्नु पर्ला । क्रमश:
Read Full Discussion Thread for this article