Posted by: world_map March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
मिस दिदिको बाल्यकालको प्रस्तुती राम्रो लाग्यो, फटेङ्रे पात्रलाइ तपाइले शसक्त ढंगले प्रयोग गर्नुभाछ। ग्वाँचेको बिगतको कृकेट,फुटबल अनि पूल्चोक, पाटनढोका, र मेरो आफ्नै मंगलबजारको बयानले मलाई पनि पुराना यादहरूमा चुर्लुम्मै डुबाइदियो। म अलि क्रोनोलोजिकल अर्डरमा लेखिरहेको हुनाले अहिले बल्ल ५ कक्षातिर पुगेको छु। फुटबल, कृकेटकोलागि पूल्चोक क्यामपस र लगनखेलको राजदल पुगेको, जगिङ गर्दै रिङ्रोड, बल्खु,थापाथली, रत्नपार्कसम्म पुगेको, टेबलटेनिसको लागि पाटनभरिका टीटी बोर्डहरू चहारेको, कराते खेल्न लगनखेलको डोजो धाउने गरेको सम्झनाहरू त अझै आउन बाँकि नै छ। तर एकै पल्ट संझिन नसकिने, प्लट पनि बनाउन नआउने हुनाले पछि पछि लेख्दै रहनछु बिस्तारै। राहुलदाइ, कुम्ले, रामचन्द्रेका कृकेटका यादहरूले नि रामन्चित बनायो। ठूलीको लेखाइ दामी लाग्यो, तिम्रो मार्मिक लेखाइ पढेर एक चुलबुली केटी भित्र लुकेर रहेको गम्भीरता प्रतिबिम्बित भयो। तिरू, म नेपालीमा 'धनु' राशी हुँ, अंग्रेजीमा चैं virgo हुँ, त्यो भन्या 'कन्या' नै हो क्यारे तर अंग्रेजीको virgo त केटीको पछि त्यति ला्ग्दैनन् त, म नि लागेको छैन क्या। :P हा हा! म सोझो नै त हुँ नि, त्यसैले त केटीहरूलाई खाली हेर्छु, आँखा झिम्क्याउँछु अनि अन्तैतिर लाग्छु। ;) अब चैं यौटीलाई भेट्यो भने च्याप्प समातेर छोड्दै नछोड्ने विचार छ जिन्दगीभर। :P ;) ठूलु, तिमीलाइ कस्तो औंठी मन पर्छ? ;)
Read Full Discussion Thread for this article