Posted by: CaMoFLaGeD March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचेको र रामचन्द्रेको स्मरणले नि रमाइलो बनायो। जे होस त्यस्तो क्रिकेट खेलाडी एउटा एउटा चाँहि सबैले भोगेको हुनेरहेछ। मैले त थुप्रै नै भेटेको छु। एउटा दाई चाँहि अत्ति राम्रा। क्रिकेटको लागि भन्यो कि १००-२०० रुपिया तुरुन्तै दिने चन्दा। एक दिन नयाँ ब्याट किनेर ल्याएका थियौँ हामीले, अनि त्यो दाईको कपडा पसल अगाडी गफ गर्दै बस्यौँ। दाई आउनुभयो र "अब चाँहि दामी क्रिकेट खेल्नुपर्छ, बुझ्यौ केटाहरु हो" भन्दै क्रिकेट ब्याट माँग्नुभयो। अब दाईकै पैसा थियो सबैभन्दा बढि लागेको त्यस्मा। त्यहि भएर दाई ब्याटपनि दिइयो। ओहो! दाई त Right Hand Batsman मान्छे ले देब्रे हात ह्यान्डलको बटममा र दाहिने हातले टपमा समातेर त्यो ब्याटलाई यस्तो सार्हो भुइँमा ठोक्न थाल्यो नि। हाम्रो त सात्तो गयो। "ल दाई अब फिल्डमै खेल्नुपर्छ" भनेर लग्यौँ त्यो ब्याट। नत्र त्यहिँ भाचिएला जस्तो भा'थियो। त्यस्तो!! मिस कत्ति राम्रो फूल हो! ओहो!! थ्यान्क्यु!! :डि आज घर गएर आमालाई सोध्न पर्यो त्यो ठुलो खड्कुलो छ कि छैन भनेर। भोली बिहान सबैलाई खाना खान बोलाउन पर्यो घराँ। हुन त त्यस्तो कुरो गर्यो कि आमा रिसाउनु हुन्छ आजकाल, "खीर पाक्यो कि चौतारी लान्छस, खसी काट्यो कि पोलेको मासु त्यहि चौतारी पुर्याउछस्, घराँ चाँहि खानुपर्दैन?" भनेर त्यत्रो गाली गर्नुभाको अस्ति भर्खर हो। "यसले चौतारीमा लगेर खुवाको खर्च जोड्ने हो भने त्यत्ति पैसाले त्यो माथी भन्ज्याङको बोर्डिङ स्कूलमा पढाउने सकिन्थ्यो। पढाई त सित्तैमा भन्थे, यो भतेरले पो घर खेत गर्ने भो। एक किलासाँ नि त्यत्रो भोज गर्न पर्छ त?" भन्दै हुनुहुन्थ्यो। खोइ मैले त केहि बुझिन। :पि :-)
Read Full Discussion Thread for this article