Posted by: gwanche March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
मिस दिदी, मैले ज्ञानोदय मैं पढेको हो तर यहाँ भनेको ज्ञानोदय पुस्तकालय भनेको हाम्रो स्कुलको हैन । यदि तपाईं सानेपातिर जानु भएको छ भने एउटा चोक छ, सानेपाबाट पुल्चोकतिर जाँदा, त्यही चोकमा झम्सिखेलबाट आउने एउटा बाटो मिसिन्छ, टिका स्कुलतिर बाट झम्सिखेलतिर जाने बाटो पनि मिसिन्छ, त्यहि चोकमा एउटा सार्बजनिक पुस्तकालय छ, त्यहि हो ज्ञानोदय पुस्तकालय। त्यहिं निर पहिलाको ललित्पुरको एउटा मेयरको घर पनि छ, त्यसको नाम चाँही बिर्से, कम्निस्टको हो क्यारे । रामे, म भनिमन्डल त हैन त्यसको आसपासमै हुर्केको हो। कस्तो अचम्म यार, हाम्सँग खेलेको जेन्टल्म्यान् संग पनि पुरै किट थियो, दुइ सेट स्ट्म्प्स, ब्याट, पंजा...। अझ हुँदा हुँदा दुइ सेट स्टम्प्सको लागि बेल्स पनि थियो, हुन त हावा चल्ने हुनाले बेल राखेर त्यती खेलिदंनथ्यो ।तेइ जेन्टलम्यान पर्‍यो कि क्या हो, तर हाम्सँग खेल्ने त खतरा खेल्थ्यो, माथि भने जस्तै पर्फेक्ट टाइमिङ र प्लेसमेन्ट! त्यसपछि एउटा तराई तिरको साथी पनि खेल्न आउँथ्यो, इनड्यामा रन्जी खेलेर आ'को भन्थ्यो, गफ पो द्या हो कि था भेन, तर खतरा लीङ गर्थ्यो, किपिङ गर्दा मलाई आपत पर्ने, लास्ट्मा गेम सिद्दिदाँ त हातको सबै औंलाहरु कच्याक कुचुक !
Read Full Discussion Thread for this article