Posted by: miss_ me March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
' ......आरुबखडा, कैले भोगटे चोर्न जान चाहन्छु, कहिले भाइ बहिनीसँग रेस्लिङ खेल्न चाहन्छु, बागमतिमा पौडी खेल्न पनि जान चाहन्छु । त्यो अशोक हल अगाडीको दाइको स्टेसनरी पसलमा कमिक्स तथा बाल पत्रीकाहरु किन्न जान चाहन्छु, रिङ्ग रोडमा साइकल रेसिङ पनि गर्न चाहन्छु, त्यो क्रीकेट, हिले फुट्बल, बास्केट बल पनि खेल्न चाहन्छु । ठ्याक्कै त्यही गर्न चाहन्छु जे जे पहिला गर्थे । लोड सेडिङ भएको बेला ज्ञानोदय पुस्तकालयमा ......' कस्तो मार्मिक तरिकाले लेखिबक्सेको त नि हजुरले -'ज्ञानोदय बालबाटिका' मा पढेको हो र ग्वाँचेभाइ? ल गालब खै? ग्वाँचेको कथा पढेर पो याद आयो यि केटाहरुलाई न पानी न घाम न जाडो क्रिकेट भने पछि कुनैको मतलबै नहुने चारै तिर त्यस्तै हुनेर'छ । काठको टुक्रा , बल पकडे जुत्ता लाए दौडे :)
Read Full Discussion Thread for this article