Posted by: Gautam B. March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
मिस र राहू बूडाका दामी टुक्राहरु गएछन्! म अहिले एउटा लघु-कथा राखौं भनेको। केहि वर्ष पहिला (चौतारीका भुराभारीहरुले त्यतिबेलासम्म राम्ररी कट्टू लाउन पनि जान्या थेनन् कि! गफै त हो! रिसाउने हैन नि!) कान्तिपुरको 'साप्ताहिक'ले दया गरेर छापिदिएको थियो। "नेता" 'क' शहरमा भब्य आमसभा भयो। नेताज्यूले पनि दामी भाषण ठोक्नुभयो र भन्नुभयो "कसैले शंका नराखे हुन्छ। बकुल्ला कालो हुन्छ भन्ने कुरामा म अडिग छु।" भोलिपल्ट 'ख' शहरको त्यत्तिकै भब्य आमसभामा नेताज्यूले अर्को भाषण ठोक्दै भन्नुभयो, "काग रातो हुन्छ भन्ने कुरा अकाट्य छ। मसंग कसैले विवाद गर्ने कोशिश नगरे हुन्छ।" पत्रिकाहरुमा नेताज्यूको भाषणमाथि आलोचना धेरै आएपछि नेताज्यूले एउटा विज्ञप्ति निकाले, "बकुल्ला कालो हुन्छ र काग सेतो हुन्छ भनेर मैले भनेकै होइन। यो मेरो चरित्र-हत्या गर्न विपक्षीहरुले चलाएको हल्ला मात्रै हो। मेरो विचारमा न त बकुल्ला कालो हुन्छ, न त कागनै सेतो हुन्छ; वास्तवमा ती दुबै राता हुन्छन्।
Read Full Discussion Thread for this article