Posted by: miss_ me March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ज्वाइसाप र भट-ट-ट-ट त के हो यस्तो नेपाली पनि लेख्न नजान्ने :) ( सानो मुख प्याच्छ बोलिहाले गालिपो खाने हु कि ) 'मेरो लघुकथा' (आज वर्षौ भइसक्यो तर नि मलाइ ति बच्पनको दिन हरु आखाँभरि झलझलि आउछन । त्यो घर त्यो आगन ति उकाली ओराली खोला पाखा जहाँ उ र म संग संगै हिड्ने डुल्ने खेल्ने गर्थ्यौ । कहिले काही मलाई त्यो गाँउको निकै याद आउछ । मैले पनि ति सबै यादहरुलाइ समेटेकिछु पहिले पनि अलिकति टुक्रो लेखेकीथिंए ।कथा लेख्ने कुरो मेरो वस भन्दा बाहिरको कुरो हो तर सबैले लेखेको देखेर रहर लाग्यो के-----आज अलिकति है त -सधै मेरो मष्तिष्कमा घुमिरहने त्यो प्रिय छाया ‘फटिंग्रे’ पहिले ‘फटिंग्रे’ नपढेकोहरुलाई अनौठो लाग्ला –त्यस्कोलागी क्षमा चाहान्छु –जानकारीको लागि फटिंग्रे हाम्रो गाँउघरमा छुवाछत प्रथा बाट पिडित एउटा जिवन्त पात्र हो ) 'खै दिनुस ' म मेरो झोला उतिर हुर्राउछु। मानौ मैले रिस पोखेकि उ संग । अरु कसैलाइ त म केहि पनि गर्न सक्दिन । उ नै त थियो जस्लाइ म मेरो इच्छा भावनाहरु पोख्न सक्थे ....हुनसक्छ यो सब मेरो उ प्रतिको लगाव थियो होला । मनै परेको थिएन त्यसरी मलाइ घर देखि टाढा पठाउन थालेको। ' ह्या गाउमा राम्रो स्कूल छैन के रेवती..त्यसैले तिंमीलाई बजारको स्कूलमा नाम लेखाइदेको।' फुपुको आवाजमा माया भरिएको थियोहोला सायद । तर मैले केहि महसुस गर्न सकिन। मलाइ घर देखि बाहिर हुदाको परिस्थिति, उ संग टाढा हुनु परेको त्यो क्षण , नँया ठाँउ नयाँस्कूलको संझनाले मात्रै पनि झस्काइरहेको थियो। म सबै कुरा रोजी रोजी लिने गर्थे । (त्यसो त मेरो त्यो बानि अझै पनि जस्ताको त्यस्तै छ) यहासम्म लुका-छिपि खेल्दा, कपर्दि खेल्दा नि म मलाइ मनपरेको मान्छे हुनु पर्थ्यो म संग। त्यसैले मेरो सबभन्दा मनपर्ने मान्छे -उस्लाइ नै रोज्ने गर्थे मेरो जोडी बनाएर । अरु मलाई मनै पर्दैनथ्यो । त्यसैले त कहिले काहि डंडीबियो खेल्नु बाध्य हुन्थे । मलाइ आउदैनथ्यो तर, मेरो खेल नि उस्ले नै खेल्दिन्थ्यो ‘नानू हेर्नुस त म हजुरको पालोमा मेरो भन्दा पर उता पारी पुराईदिन्छु’’ म फुरुंग हुन्थे।लाग्थ्यो उ हैन मनै खेलिरहेकीछु । “नानू अब जाने हैन ‘’ म झस्किए ! म टोलाइको देखेर उस्ले मेरो ध्यान खीच्न चाह्योको थियो होला। मेरो एकोहोरपन उस्लाइ कहिले मनपर्दैनथ्यो । ‘अ हँ’ मैले मुन्टो हल्लाइदिए। मेरो हरेक इशारा बुझ्थ्यो उ। ‘ल ल हिड’ बाबाको आवाजमा रूखोपना प्रस्ट झल्किन्थ्यो। मलाइ मेरो इच्छा बिना नै घर देखि टाढा लखेटिदै थियो । मैले केहि सामान हातमा लिन चाँहे तर उस्ले दिएन म चुपचाप हिडें बाबाको पछिपछि । घर छोड्नु को पिडा भन्दा मलाइ उ संग बिछडिनुको पिडा बढि थियो । बेला बेला म उस्लाए हेर्थे । तर उ कतै नहेरी सरासर हिडिरहेको हुन्थ्यो।।
Read Full Discussion Thread for this article