Posted by: aman March 29, 2007
Govinde Chor ko Thlo Swor
Login in to Rate this Post:     0       ?        
तस्कर छुटाउन काङ्ग्रेस नेता सकि्रय प्रेम बास्तोला सुनसरी, मार्च २९ सुनसरीका वनक्षेत्रबाट बहुमूल्य काठ तस्करी गर्ने तस्करहरुको ठूलो गिरोहलाई छुटाउन काङ्ग्रेसका केन्द्रीय नेताहरु सकि्रय भएर लागेको रहस्य खुलेको छ । विगत लामो समयदेखि सुनसरीका घनाजङ्गलबाट बहुमूल्य काठ नेपालका विभिन्न शहर तथा भारतमा समेत तस्करी गर्ने सात जनाको गिरोहलाई स्थानीय उपभोक्ताहरुको सकि्रयतामा गत सोमबार राति एक बजे प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सुनसरीको बराहक्षेत्रको घनाजङ्गलबाट सप्रमाण पक्राउ गरेको भोलिपल्टदेखि नै धरानको गणेश टाकिजका प्रोप्राइटर चन्द्र श्रेष्ठमार्फत् काङ्ग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले टेलिफोन गरेका थिए । टेलिफोन गरेको केहीबेरमै कोइरालाले इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भीमबहादुर दाहाल र जिल्ला वन अधिकृत मुरारिप्रसाद पोखरेललाई टेलिफोन गरी पक्राउ परेकालाई तत्काल छाड्न दबाव दिएका थिए । कोइरालाले दवाब दिएको थाहा पाएपछि स्थानीय एकदर्जन सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र सामुदायिक वन उपभोक्ता महासङ्घ शाखा र सुनसरीका प्रतिनिधिले पक्राउ परेका तस्करलाई छाडे त्यसका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । पक्राउ परेकाहरुलाई छुटाउन कोइरालाले आफूलाई धेरैपटक दबाव दिएको बुधबार इटहरीमा आयोजित एक कार्यक्रममा जिल्ला वन अधिकृतले स्वीकार गरेपछि तस्कर छुटाउन कोइराला सकि्रय रहेको थप पुष्टि भएको हो । पोख्रेलले जागिर गए जान्छ तर दबावकै भरमा तस्करलाई नछाड्ने वचनसमेत दिनुभयो । तस्करलाई छुटाउन इलाका वन कार्यालय महेन्द्रनगरका प्रमुख यज्ञबहादुर थापा पनि सकि्रय भएर लागेका छन् । मुद्धा खुकुलो पारेर पक्राउ परेकालाई छुटाउनका लागि घूसको बार्गेनिङ थापाले गरेको स्रोतले जनाएको छ । सो समूहले वन कार्यालय र प्रहरीलाई चार लाख दिने वचनसमेत दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सो समूहले ६४ पटक जङ्गलबाट काठ तस्करी गरिसकेको र ६५ औँ पटकमा पक्राउ गरेको दाबीसमेत गरेको छ । पक्राउ परेकाहरुको समूह निकै ठूलो रहेको र उनीहरुलाई वन कर्मचारी प्रहरी प्रशासन राजनीतिक दलले बर्षौदेखि संरक्षण गर्दै आएकोले कडा कारबाही हुनेमा उपभोक्ताहरु पूर्ण रुपमा विश्वास नरहेको बुझिएको छ । तस्करसँगै पक्राउ परेको को। १। ख। १३६० नम्बरको ट्रकका धनी तथा तस्कर अशोक थापाले कारबाहीमा पर्ने डरले ट्रक आफ्नो नभएको जिकिर गर्न थालेका छन् । आफू बच्न उनले ट्रक अर्कालाई यसअघि बिक्री गरिसकेको किर्ते कागजसमेत बनाइसकेको खुलेको छ । उपभोक्ता र महासङ्घको दबावमा जिल्ला वन कार्यालयले पक्राउ परेकाउपर बुधबार जिल्ला अदालतमा मुद्धा भने दर्ता गरिसकेको छ । प्रहरीले पनि उनीहरु विरुद्ध हतियार खरखजनाविरुद्धको मुद्धा दर्ता गर्ने तयारी गरेको छ । एकथान बारुद भरिएको भरुवा बन्दुक काठ लोड गरिएको को। १। ख। १३६० नम्बरको ट्रक को। ३। प। ९७०८ नम्बरको मोटरसाइकलसहित सात तस्कर पक्राउ परेका थिए । पक्राउ परेका सुनसरीको बराहक्षेत्र- ६ निवासी महेश कार्की महेन्द्रनगर- ४ का विनोद लिम्बू राजु राई हर्क राई गजेन्द्र लिम्बू ज्ञानबहादुर लिम्बू र भरौल- ३ का विष्णु माझीलाई हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ ।
Read Full Discussion Thread for this article