Posted by: Hi_nanu March 29, 2007
Sajha NauTankiLand --Episode 4!
Login in to Rate this Post:     0       ?        
Hi Nautanki brigade,get fresh reading it. लघुकथा : चोखो माया ? [ 2063-12-11 ]  कपिल घिमिरे निशा जन्मदैँदेखि नेत्रहीन थिई । तर उसको रूप र परिपक्व तार्किक क्षमताले गर्दा पाइला नचालुञ्जेल र दोहोर मुखामुख कुरा नगरिकन कसैलाई पनि नेत्रहीन भनेर ठम्याउन हम्मे पर्दथ्यो । दीपक निशाको शालीनता र विचारले निकै प्रभावित भएको थियो । ऊ निशाको बाहिरी आँखा नभएर को भो त भित्री आँखा कसैभन्दा कमजोर छैन भन्ने ठान्थ्यो । त्यसैले दीपक निशालाई कुनै न कुनै रूपमा प्रभावित पारेर जीवन साथी बनाउन चाहन्थ्यो । उसले आफू पनि जन्मदैँ नेत्रहीन भएको बहाना गर्दै बाँकी दिनहरूसँगै बाँच्ने प्रस्ताव राख्यो । 'निशा तिमीलाई कसैले आँखा दान दिएर हर्ेन सक्यौ भने तिमीलाई नै हर्ेन पाऔँ भन्ने प्रत्युत्तर दिई । दीपक निशाको अगाध माया देखेर आफूलाई भाग्यमानी ठान्दथ्यो । दीपकले निशालाई आफ्नो आँखा दान दियो । निशाले दीपकको आँखाले चारैतिर उज्यालो देखी । त्यही उज्यालोमा नेत्रहीन दीपकलाई ठिङ्ग उभिएको देखेर निशालाई अनायास रूप र सीपको अहंता जागेर आयो । र यस्तो अन्धो मान्छे मेरो जीवन साथी बन्नै सक्दैन भनेर दीपकको चोखो मायाप्रति तुषारापात गरिदिई Source:http://www.gorkhapatra.org.np/content.php?nid=15612
Read Full Discussion Thread for this article