Posted by: Deep March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
कान्छो ब्यान हुनै नपाइ कान्छो मातेछ एक दिन। दिनभरी कामको चटारो -- मात्न नमिल्ने – राती धन्न सन्ना सकेर टन्न दिएछ केटाले --- अब नदिनु दी सकेसी छिडीको कोठामा एक्लै भुतभुताएर केइ न केइ --- जुन घराँ बस्या तेइ घर अघि बोतल सिद्धिएपछि आफु सुरु हुनु हुन्न भन्ने होस् हुदै डबलि तिर बाट हुरिदै लागेछ किस्न मन्दिर् तिर -- भुतेस्वर् तिर आएसी कैले गाउने कैले सराप्ने -- कैले हिन्दीमा कैले अङ्ग्रेजीमा धेरै चै नेपालीमै गरेछ चर्तिकला– उस्ले यता र उती हुरिदै लर्बराको स्वर्ले "दर्दे दिल दर्दे जिगर" गाउँदा पान सात वत जती भुस्या कुक्कुर कोरसमा थिए रे – पुरा भुतेस्वरै उस्को थ्यो रे राती दुइ बजे तिर --- तेस्तो आफ्नो एकछत्र हैकम चल्या बेला अनि अघि ओरालेका दुइ तिन सिसि उत्पात सङ्ग ज्यानमा चडीरा बेला आँखै तिर्मिराउने गरी भिम्सेन्थान तिराट आएछ एउटा मोटर साइकल – कान्छो ले आखै देखेन रे ---के सुर चडेछ उस्लाइ त्यो बेला – भैरब पछि लुकेछ ---र जसै मोटरसाइकल भुतेस्वर बाट डबली तिर मोडन सुस्ताउदै थ्यो एकास्सी आइलगेछ मोटरसाइकाल्मा कान्छो--- खास बाक्य सुरु हुनु अघि तीन मुख जती मनपरी बोलेसी कुर्ले छ केटो --- साले एउटा मोटरसाइकल् किनेर यत्रो फुर्ती गर्छस्? तेरो बाउको सटक हो यो -- दिन रात केई नभनी यसरी मोटरसाईकल कुदाउन?" सवार त भुइमा गुल्टी सक्या --- तेस्तो आक्रमण त्यो पनि आफ्नै टोलको सेरो फेरोमा --- सवार त अवाक! कान्छो थामिएकै थिएन रे --- चडेर कुदाम भने चलाउन नआउने रे तेसैले थुकदेछ मोटर्साइकलमा उस्ले र सोधे छ सवारलाई फेरी -"-- ए को हो तँ? काँ ग र आ यो राती हुँदी? रात बिरात भ्यारारारा गरेर हिन्दा हुँदी त खुस्काई दिन्छु ऐले अनि --- चिन्या छस् मलाइ?" यत्तिकैमा सवारले फुर्तीले झिकेछ हेलमेट – तेस्तो फुर्ती देखेर कान्छो लाइ अलि कस्तो कस्तो त लाग्या हो रे भन्थ्यो --- मोटरसाइकल वाला गर्जेछ यस् पटक --- "बौलाइस् कि के हो?" कान्छो त सिताङ्ग! बिनोद दाइ! --- भो कि --- अब --- पैला त कान्छोलाइ बिनोददाइ घर अघिनै आइसके जस्तो लाग्या थ्यो रे – अनि तेस माथि दाइको मोटरसाइकल त नीलो थ्यो उस्ले त कालो लाइ पछार्या हो भन्थ्यो --- के जान्नु उस्को कुरो। पछि कसैले बत्तिसपुतलीमा बस्या छ रे भने कोइ पुलिस्म गयो रे कान्छो भन्थे। जुन घराँ बस्या तेइ घरको दाईलाइ तेसरी आधाराताँ भुतेस्वर हुँदी पछार्न थालेसी कान्छोले जति सुकै "म होइन दाइ --आइन्दा गर्दीन" भने नी केइ न केइ --- डर भो रे भन्थे. हो नी बरा।
Read Full Discussion Thread for this article