Posted by: ratobhaley March 29, 2007
के जीवन खाली मृगतृस्ना हो?
Login in to Rate this Post:     0       ?        
Gotta love your poem. We are all zombies to some extent... Blogger: urfrenrites, March 29, 2007 के जीवन खाली मृगतृस्ना हो? नीरस, बेस्वाद अनि बोझिल पाइलाहरु बोकेर, कहाँ हिड्दैछु म एक्लो नितान्त एक्लो भएर, कति पछि लागु म असिमित सपनाहरुसँग, अब कहाँ भेट्नु म भित्रको स्वाभाभिक खुशीलाइ, कहिले आउछ त्यो दिन अनि त्यो समय, जब सारा चाहनाहरु पूरा हुन्छन्, अनि म भित्र एउटा पूर्णविरामले छुनेछ, के जीवन खाली मृगतृस्ना हो? धेरै पछि आज म आत्मियताको लागि भोकाएको छु, मलाई बिज्ञान र प्रविधीले मशिन बनाएको छ, मभित्र भावनाहरु जमेर हिउँ भएको छ, चाहेर पनि फुटाउन सक्दिन यो बरफलाइ, अलिकति न्यानो स्पर्श देउ मलाई, दया भए पनि हुन्छ बरु, केवल मलाई फिर्ता गर मेरो मौलिक अनुभुतिहरु, सहानुभूतिको भिख माग्छु म तिमीसित, मलाई साँचो मान्छे बनाइ देउ फेरि, म मेरो हृदयलाइ महशुश गर्न चाहन्छु मैले कृतिम हाँसो हासेको धेरै भयो, म थाँके खोक्रो जिवन देखि, म सपनाहरु बोकेर रित्तो जीवन जिउन चाहन्न।
Read Full Discussion Thread for this article