Posted by: Yahoooooo March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हेर्दा हेर्दै स्वर्न जयन्ती पनि आएछ । अस्ति भर्खर जस्तो लाम्तो, चौतारीमा खुसुक्क छिरेर, कुनामा थोत्रो चप्पल ओछ्याएर गाउँल्या गन्थन सुन्न बसेको । चौतारीमा रम्दा रम्दा आफ्नो घर परिवारलाइ पनि भुलाउने आत्मियता र माया दिएको छ चौतारीले । चौतारी फलोस् फुलोस्, यो सदाबहार होस् । ---------------------------------------चौतारी डबली---------------------------------------- हैन आज नाती नातीनिहरु कता अन्मरिएछन्, झोल भरी पुष्टकारी बोकेर आको । कोहि पनि देखिदैनन्, कता लागेछन् ? छन् छन् यतै छन् । जिम्बाल बा हजुर पनि कस्तो आँखै नदेख्ने हुनु भएको । अलि बढि हरियो साग सब्जी खान पर्यो । पर्यो पर्यो यसपाली त पुन्टेदाइलाइ त्यो के जाती लोट्टो पर्यो रे नि । हाम्रो नमेलाइ पनि परेछ । तेहि चिट्ठाको पैसो मध्धे केहि चौतारीमा लगानी गर्या छन् र पो चौतारी यति राम्रो बनेको छ त । नत्र हामी मात्रैले कहाँबाट हनाउन सक्नु र ? सक्नु हुन्छ किन नसक्ने हो ? हाम्री मिस कति तगडा हुनुहुन्छ । त्यो जाबो के जातीले जिस्काउँदैमा छोड्नेहो र ? कुकुर बिराला जस्ता पुन्टेदाइ र भौते देखि नेपे दाजी, दादा बुरो सबैलाइ तह लाउन सक्ने मिसले त्यो जाबो के जातीलाइ पनि तह लाउन सकिहाल्नुहुन्छ नि । नियमापत्ती नियमापत्ती कति त्यो किरकेतीको मात्रै कुरा गर्ने हो, हामीलाइ त कसैले बालै दिन छोड्योबा । हैन आजकाल त्यो निशे बज्या पनि देखिँदैन । कहाँ गकोहोला डिङ्गो बजाउदै ? बसाइ सर्ने कुरो गर्दै थियो, बसाइ सरेछ कि क्या हो ? हो हो ल यसपाली त्यो किरकेती ता पक्का पनि अष्ट्रेलियाले नै जित्छ ल । गामका सबै महिला टोली लाग्याछन् त्यसको सपोर्ट गर्न । सपोर्ट ता गर्नै पर्यो नि । कस्तो राम्रो राम्रो सस्पेन्स कथाहरु पस्किन्छन् गालबले चौतारीमा । अझ अस्ती स्वास्थानी ब्रतको बेलामा नियमित स्वास्थानी बाचन गरेक हुनाले हामीले उनलाइ बाचन शिरोमणि भन्या हो नि। कस्तो थाहा नभको ? को ? को ? कहाँ कहाँ बस्छन् ? के के गर्छन् ? भन्ने कुरो त्यो चित्रेले त ठ्याक्कै पर्छ भन्या । कस्तो सम्झन सक्या हो ? हो हो तेहि हरि क्या कन्नान डाँडा तिरको । कसैको घरमा कुखुरा, खसि, बाख्रा देख्नै हुन्दैन भन्या । उसले थाहा पायो कि गायब हुन्छ । गायब त अचम्मै सङ्ग गायब भए भन्या । त्यो दीप दाइ कसरी गयब हुन सक्या हुन् ? त्यो बाङ्ग्या कथा पढे पछि कैले तेस्तो कथा आउला भनेर चौतारी खोल्यो आउदै आउदैन बा । कति कुर्नु हो खै । कुर्दा कुर्दा सारै थकाइ नै लाग्ने भो । भो भो त्यो भौतेको के कुर गर्नु खै । कम्तिको मापाको रहेछ र त्यो । खाली त्यो पुन्टेदाइको साली तिर लागेर हैरानै पारेछ नि बिचरा ति पुन्टेदाइ लाइ । रातभरी सुत्न पाउँदैनन् रे ति पुन्टेदाइ । घरमा हुर्के बढेकि साली आँखा झ्याप पार्यो कि त भौतीको शरणमा पुगिहाल्दि रहिछन् । छन् छन् नि हाम्रो चौतारीमा नेपे दाइ पनि छन्, रहुल दाइ पनि छन् । नेपे दाइ चै बेला बेला झुल्किन्छन्, एक दुइ लाइन लेख्छन् अनि गाएबै हुन्छन् । राहुल दाइ त चिलिमको तलमा झ्याप । तेहि झ्यापको तालमा बेला बेलामा कबिता सबिता फुराउँछन् । आजकाल अलि कम भाको छ खोइ के हो के हो ? हो हो त्यहि ग्वाचे क्या । खाली बकाइनो अचार खाने भनेर हैरान नै पारि सक्यो । ए बाबा खान हुदैन अरे भन्ने थाहा पाएपछि पनि कति मरिहत्ते गर्या हो ? मरिहत्ते गरेर हैरान गरिसक्यो । के सक्नु र खै ? पुन्टेदाइले तह लाउन् सक्ने छाँट देख्दिन । कम्तको मापाको रैछिन् र तिनकि साली पनि । कतिखेर आँखा छलम हुँदोरहेछ तिनलाइ पनि । हैन मैले बुझ्न नसक्या कुरो, त्यस्तो अर्नी भेसि के त्यो हुर्क्या बढ्या सालीलाइ डोकोले थुनेर राख्न खोज्या होलान् ? छाडिदिनु नि भौते र जुरेली मिलेर घरजम गरेर बसिहाल्छन् नि । घरजम त गरिहाल्यो नि त्यो कुम्लेले । खै कसैलाइ निम्तो पनि दिएको हैन । सुटुक्क गएर लिएर आएछ । भोज खुवाउने त नामै लिदैन । त्यसले भोज भतेर गर्दैन भनेर मैले पनिल्यै नै भन्या थे कि थिइन ? देखिस् त ? देखेँ देखीँ हाम्रै चौतारी का हैनन् र ? तिरु, प्रिटी, ठुली जस्ता छन् । मोरीहरु कत्तिनै सारीमा ठाँट्टिएर हिड्न पर्या । बेला यिनिहरुकै छ । गर्नु रमाइलो गर्या छन् । छन् छन् दादाका घरतिर लटरम्मै पैयुं फुल्याछन् रे । के गर्नु र खै हामी त हिउँका थुप्रामा परेम् । कैले हो रमाइलो हुने कैले हो त्यो पैयुं फुल्या जस्तो रंगीचंगी रमाइलो हुने ? हुन्छ हुन्छ त्यो मिस्टे सङ बेला बेला भेट हुन्छ। खुब सहयोग गर्छ । अस्ति भर्खरै पनि गफ गाफ भाथ्यो । ए हो र? हो त नि । राम्चन्द्रे त हाम्रै छिमेकि पो रहेछ त । बिजुली पत्र लेखम्ला भनेको पनि मिलेको छैन । हरि शरणम् !! लौ थकाइ मार्न पर्यो । सबैका गन्थन सुन्न पर्यो ।
Read Full Discussion Thread for this article