Posted by: Birkhe_Maila March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
पेट दुखे चाइन्जो कान्ला मुन्तिर आचि अर्न जाऊ पुङमाङे जोगि!! ओहो सान्नानि!! धेरै दिन पछि देखा परेउ नि तिमी त? सपै ठिकठाक छ हैन? करेसामा रोपेई सिमि कत्रो भओ? थाँक्रो हालेऊ? काँक्रो नि लाउने भन्तेउ यसपालि त? यसपालि चैते दशैँमा हाउँरो गाउँतिरा आउँछौ? एउडा फलामे ताप्के किन्न शहर जान्छु भन्ते तिउँरा हउरबा गए त? अनि ज्वाइँ आजकल कता हुनुहुन्छ? भुराभुरिले कत्तिको दुख दिन्छन? लु अरु सपै बेशै होला हैन?
Read Full Discussion Thread for this article