Posted by: Birkhe_Maila March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हन ए फटाहा जोगि, तिउँरो के खाइद्या थेँ र नाना भाँति मेरो पार लाम्दै हिन्छौ गाममा? बुडो भनेर हेपेओ होला, ए असत्ति तिमी नि एउदिन बुडो हुन्छौ, तिउँरा नि खुट्टा काम्न, आन्द्रा छुत्ति खेल्न र आँखो धर्मराउन थाल्छन्! अइलेई त काठ पसेओ मुला अस्तो अररो छौ पछि कस्तो हुने हौ! यो गोताएँ एउजना छ बेला बेलाँ मेरो पछ्छे लिने। आज राति नसुतिकन चौतारिआँ फलाकिरा रेछ! क्यार्दै छौ? नेपाल खाल्डो पुएर आयौ के रे, सपै बेशै होला नि हैन? सपैलाई जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article