Posted by: Gautam B. March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
जग्गेलाई गाँजा अलि अलि लागेकै मानिचु मैले। नत्र किन यो आफूलाई जिम्माल हुँ भन्दै हिन्थ्यो? कहाँ घरबार नभ'को, फुक्या राँगो जस्तो जोगी, कहाँ चट्ट परेकी जिम्माल्नीका खसम हाउँरा जिम्माल! उ---- जोगी करायो, "उठ् जोगी फट्कार छाला, जहाँ जाला जोगी, वहीँ खाला!" यो जोगीलाई भोलि अझ बढी गाँजा लाग्नी सूर देख्या छु मैले। भोलि यल्ले आफूलाई जिम्माल्नी हुँ भनेर भन्छ! कुरैकुरामा गिरिजाको कुरो याद आयो, उहि ओछ्यान परेका हजुरबा क्या! गिर्जाउको पुरानै बानी के भने, जुन भेलामा गयो, त्यै भेला अनुसारको आफुलाई देखाउने। जस्तो कि मजदूरको कार्यक्रममा गयो, म पनि मजदूर हुँ, नेपालमा पहिला मजदूर आन्दोलन मैलेनै हाँक्या हो भन्दिने। वकिलको कार्यक्रममा गयो म पनि पहिला वकिलनै थिएँ भन्दिने। एकचोटि किर्तिपुरमा अलि ठूलै कृकेटको म्याच भा'थ्यो (अहिले हाम्रा गाम्लेलाई लाग्या भन्दा त सानै स्तरको हो!), गिर्जाउ पुगेछन् समापन गर्न। अनि भाषण ठोकिहाले, म पनि कृकेट खेलेरै हुर्केको हुँ, गुलीडण्डा पनि कृकेटै त हो! यतिसम्म त ठिकै थ्यो', एकचोटि गिर्जाउ महिला संघको कार्जेक्रममा भाषण ठोक्दै र'छन्। बोल्दाबोल्दै "म पनि पहिला महिलानै थिएँ---" भनेर फुस्काइहालेछन् बूढाले। अनि परेन आपत! तर पछिल्तिरा'ट सल्लाह दिनेले कुरो मिलाएछन् र गिर्जाउले कुरोमा रफू भरेछन्, "मैले भन्न खोजेको के भने, मेरो आमाले म पेटमा हुँदा छोरी होस् भनेर गिरिजा देवीको भाकल गर्नु भएको थियो। त्यसैले अलि-अलि महिला अंश छ ममा पनि, महिलाको समस्या बुझ्छु---"
Read Full Discussion Thread for this article