Posted by: chainreactor March 27, 2007
I'm crying for my country!!!!!!!!!1
Login in to Rate this Post:     0       ?        
I have only heard about these kinds of incidents in Rwanda, Uganda. Watched those incidents in movie "Hotel Rwanda", "The last king of Scotland", "Blood Diamond". Now this is happening in my country. No sir, I do not want this in my country. Whoever u r I want u 2 leave my country in peace and harmony. Please do not spread hatred. Please..................... Source: http://kantipuronline.com/Nepal/aabaran.php नृशंस नरसंहार अन्तरिम संविधानमा संशोधनपछि मौन रहेको मधेशी जनअधिकार फोरमले शान्तिपर्ूण्ा नाममा हिं“सात्मक गतिविधि बढाएपछि रौतहटमा नृशंस नरसंहार भयो - ऋषिकेश दाहाल र शिव पुरी/गौर राइस मिलको चौर । फुटबलका दर्ुइ गोलपोष्टझै“ लाग्ने रङ्गीविरङ्गी दर्ुइ मञ्च । ठूलै सङ्ख्यामा मानिसहरूको चहलपहल । एक ठाउ“मा एकत्रित प्रहरीहरू । एकाएक शुरू भएको हिंसाको खेल । २०६३ चैत ७ गते रौतहटको इतिहासमा नृशंस नरसंहारको वीभत्स पाना थपियो । एकैछिनअघिसम्म सजाउन होडबाजी गरएिका मञ्चहरू केही क्षणमै ध्वस्त भइसकेका थिए । मञ्च तोडफोड भयो, कर्ुर्सर्ीीा“चिए । मधेशी जनअधिकार फोरमले पहिले नै कार्यक्रमको घोषणा गरेको भए पनि माओवादीको मञ्च भत्काएर उसले भिडन्तको निम्तो दिइसकेको थियो । तर, मध्याह्नदेखि नै फोरम र माओवादीका अलग-अलग जुलुस नगर परत्रिmमामा व्यस्त थिए । साढे १ बजे दुवै समूहको जम्काभेट पनि भयो । दुवैले एकअर्कालाई ताली बजाएर स्वागत गरेको देख्दा कसैले पनि उनीहरू रगतको होली खेल्ने मनस्थितिमा रहेको अनुमान गर्न सक्दैन थिए । तर, हिंसात्मक भिडन्तको पर्ूण्ा तयारी भइसकेको थियो । "चौर वरपिरकिा घरका छतमा गोली लिएर फोरम पक्ष्ँधर बसिसकेका रहेछन् । झडप हुनासाथ फायरङि् भइहाल्यो," एक प्रत्यक्षदर्शीले बताए । फोरमबाट गोलीको वषर्ा हुन थालेपछि माओवादीबाट पनि गोली बर्सन थाल्यो । घटनामा बचेका एक माओवादी भन्छन्, "हामीले प्रतिकारमा गोली चलाए पनि उनीहरूका अगाडि टिक्न सकेनौ“ । आधा घण्टासम्म भागाभाग चलिरह्यो ।" माओवादी नेता कृष्णबहादुर महराको भनाइमा, "दोरम्बा घटनाको झल्को गराइदियो ।" अप्रत्याशित गोलीबारीपछिको वातावरण निस्सासि“दो बन्न पुग्यो । भागदौडमा धेरै घाइते भए । "दोषी खोज्नुभन्दा पनि उद्धार गर्नु नै हाम्रो दायित्व बन्यो," एक प्रहरी अधिकृतको भनाइ छ, "हिंसात्मक भइसक्दा पनि प्रशासनले कुनै निर्देशन दिएन ।" घटनास्थलमा भएको हिंसाले त्यतिखेर विकराल रूप लियो, जब गाउ“गाउ“मा माओवादीहरू खोज्दै मार्ने क्रम बढ्यो । माओवादी सेल्टर लिएर बसेका घरहरू घेरएि । उनीहरूलाई घरबाहिर निकाल्दै बा“धेर कुट्ने क्रम तीव्र भयो । जसको ज्वलन्त उदाहरण बन्यो हजमनिया । भिडन्तबाट भागेर ज्यान जोगाउन गौरदेखि छ किलोमिटर उत्तरतिर पुगेका १७ माओवादी हजमनिया गाउ“ पार गर्दै थिए । उनीहरूलाई गौ“डामा कुररिहेका फोरमका कार्यकर्ताले जिउ“दै अगाडि बढ्न दिएनन् । आत्मरक्षा गर्दागर्दै ११ जना त्यही“ मारएि । प्रत्यक्षदर्शीका अनुसार, अपराह्न करीब साढे चार बजे माओवादीहरूलाई फोरमका कार्यकर्ताहरूले घेरा हालेका थिए । उनीहरूले शुरूमा माओवादीका तीन महिला कार्यकर्तालाई केही पर घिच्याउ“दै लगेका थिए । मृत अवस्थामा फेला परेका ती महिलाहरू बलात्कारको शिकार भएको प्रस्टिन्थ्यो । बलात्कारपछि उनीहरूलाई आगो लगाएर मारएिको प्रहरीको अनुमान छ । बा“की रहेका माओवादीहरूलाई भालाले घोचेर र भाटाले हिर्काएर मारएिको थियो । मरसिकेपछि पनि उनीहरूको टाउको जलाउने असफल प्रयास गरिएको थियो । हजमनियामा मारएिकाहरू अधिकांशको अनुहार र शरीर जलेको छ । हजमनियाको केही नजिकै थप दर्ुइ लास फेला परेको थियो । "हामीले प्रतिकार गरे पनि सबै बा“च्न सकेनौ“," त्यहा“ ज्यान जोगाउन सफल माओवादी कार्यकर्ता जीवन लामाले सुनाए, "अझै थुप्रै साथीहरू सर्म्पर्कबाट टाढा छन् । भन्न सकिन्न जीवितै छन् कि छैनन् ।" गौर बजारमा बसेका झण्डै १५ जना माओवादीलाई फोरमका कार्यकर्ताहरूले एउटै खम्बामा बा“धेर जलाउने प्रयास गरेका थिए । प्रहरी हस्तक्षेपपछि उनीहरू बा“चेको प्रहरीको दाबी छ । घटनास्थलमा रगतका टाटा अझै मेटिएको छैन । तर, भिडन्तस्थल राइस मिल वरपिरकिा बासिन्दा यथार्थ बताउन तयार छैनन् । बजारमा मधेशी जनअधिकार फोरमबाहेक कुनै दलका झण्डा देखिन्नन् । सरकारी कार्यालयमा नेपाल सरकार मेटाएर 'मधेश सरकार' लेखिएका छन् । फोरमका जिल्लास्तरीय नेताहरू गौरबाट अलप भइसके पनि हत्याको त्रास घटेको छैन । माओवादीका योङ् कम्युनिष्ट लिग -वाईसीएल) का रौतहट संयोजक हिमालले घटनामा फोरमको एकोहोरो आक्रमण भएको दाबी गरेका छन् । फोरम रौतहटका अध्यक्ष अमर यादवले भने केन्द्रबाट आउने नेताको हत्या गर्ने प्रयास माओवादीले गर्न लागेकाले फोरमले प्रतिकार गरेको दाबी गरे । भिडन्तको निह“ु चैत ७ गते दिउ“सो १ बजेदेखि नै बजारमा माओवादी र मधेशी जनअधिकार फोरमका र्समर्थकहरूको चहलपहल बढिसकेको थियो । दुवै समूहहरू आ-आफ्नो जुलुसमा सक्रिय थिए । ठीक साढे १ बजे फोरम र माओवादीहरूको भेट भयो, मिल चौर छेउमै । फोरमका कार्यकर्ता उनीहरूको निर्धारति कार्यक्रमस्थलतिर मोडिए भने माओवादीहरू नगरतिरै लागे । फोरमको कार्यक्रम शुरू भयो । माओवादीहरू जुलुसमा नगर परत्रिmमा गररिहेको मौका छोपी फोरमका कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए । राइसमिल चौरमा आइपुग्दा आफ्नो मञ्च भत्किएको देखेपछि माओवादी कार्यकर्ताहरूले पनि फोरमको मञ्च भत्काउन थाले । र, मञ्च नै भिडन्तको कारण बन्न पुग्यो । आफूले माओवादीले भन्दा पहिले कार्यक्रमको घोषणा गरेको भन्दै फोरम नरसंहारको जिम्मेवारीबाट पन्छिन खोजेको छ । त्यति मात्र होइन, आफ्ना केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको माओवादीले हत्या गर्ने षड्यन्त्र गरेको आरोपसमेत फोरमले लगाएको छ । फोरमका कार्यकर्ताले माओवादीमाथि आक्रमणको पर्ूवतयारी नगरेको भए, माओवादी मात्र मारनिे थिएनन् । दोहोरो गोली चलेको बताइएको भए पनि फोरमका कार्यकर्ता मारएिको वा घाइते भएको विवरण छैन । फितलो प्रशासन फोरमले रौतहटमा हिंसात्मक आन्दोलन गरेको यो पहिलोपटक होइन । माघ १२ गते जिल्ला प्रशासन कार्यालयमा तोडफोड र आगजनी गरेको फोरमले निर्वाचन कार्यालय र नेकपा -एमाले) का महासचिव माधवकुमार नेपालको घरसमेत जलाएको थियो । फोरमको आन्दोलनबाट स्वयम् जिल्ला प्रशासन कार्यालय नै ध्वस्त भइसकेको अवस् थामा पनि माओवादी र फोरमको कार्यक्रमप्रति र्सतर्कता देखाउन सकेन, प्रशासनले । भिडन्तका पर्ूवसङ्केतहरू देख्दादेख्दै पनि प्रशासन कमजोर रह्यो । झडप भएका स्थलबाट प्रहरीहरू एक सय मिटरको दूरीमा तैनाथ थिए । अझ पुनःस्थापित प्रहरीहरू पनि एकीकृत गराइएको थियो । तर, झडपस“गै प्रहरीहरू घटनास्थलबाट टाढिए । गोली चलेपछि पनि प्रशासनले कुनै कदम चाल्न सकेन । प्रमुख जिल्ला अधिकारी सर्म्पर्कबाहिर रहेकाले जिल्लाको प्रहरी प्रमुख आफै“ले कफर््र्युको माइकिङ् गराउन निर्देशन दिएका थिए । समाचार स्रोतका अनुसार, त्यतिखेर प्रमुख जिल्ला अधिकारी सेनाको ब्यारेकमा थिए । राजधानीबाट हेलिकप्टर झिकाउने प्रयासबाहेक उनीबाट कुनै पहलकदमी हुन सकेन । यद्यपि, त्यसको कारण खुलाइएको छैन । घटनाको भोलिपल्ट संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तका अधिकारीहरू गौर पुगेका थिए । उनीहरूले समेत प्रशासनको कमजोरीमाथि औ“ला ठड्याए । "प्रशासन र सुरक्षा निकाय यस्तो अवस्थामा किन मौन रहे - आर्श्चर्यको कुरा हो," उच्चायुक्त कार्यालयका एक अधिकारीले नेपाल स“ग भने, "माओवादी मात्र मारनिुले पनि घटना प्रतिशोधको कारण भएको सङ्केत गर्छ ।" मृतकहरूको सङ्ख्या अनिश्चित चैत ९ गते मध्यरातीसम्म गौर हत्याकाण्डमा मारिनेमध्ये २९ जनाको लास फेला परेको छ । भिडन्तस्थलभन्दा बाहिर मारनिेको सङ्ख्या अधिक भएकाले मर्नेको सङ्ख्या अझ थपिने देखिन्छ । भिडन्तस्थलमा पा“च जना माओवादी कार्यकर्ता मारएिका थिए । बा“की सबै लास विभिन्न गाउ“मा फेला परेका हुन् । कतिपय गाउ“बाट मारएिका लास भेटिएको हल्ला फैलिने क्रम यथावत् छ । ८ गते गृहमन्त्री कृष्णप्रसाद सिटौला, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी नेता कृष्णबहादुर महरालगायतका नेता गौरबाट फर्केपछि पनि ज्यान जोगाउन लुकेर बसेका माओवादीहरू फेला परेका छन्, घाइते अवस् थामा । माओवादीहरूले उनीहरूको उद्धार गरेका थिए । कार्यक्रममा गएका कति मानिस हराएका छन् भन्ने थाहा नभएकाले पनि मारएिको सङ्ख्या अन्योलमै छ । घाइतेहरूको अवस्था मात्र होइन, मारएिका माओवादीकै पनि पहिचान हुन सकेको छैन । प्रहरीहरूले गाउ“मा मारएिका लास भेट्न सक्ने अनुमानमा खोजी बढाएका छन् । गहु“बारी र मकैबारी फा“डिएको क्षेत्रमा मारएिका थप लास मिल्नसक्ने अनुमान प्रहरीको छ । किनभने, हिंसा कहा“-कहा“ भयो भन्ने यकिन जानकारी प्रशासनले बाहिर ल्याउन सकेको छैन । मृत्यु हुनेहरूमध्ये १९ जनाको मात्र सनाखत भएको छ । सनाखत भएकाहरूमा सञ्जोग -दाङ), प्रभा तामाङ -मकवानपुर), सञ्जु, अर्जुन -गोरखा), रामविश्वास यादव -रौतहट), लफ्फा -मकवानपुर), राजन पोखरेल -मकवानपुर), गोविन्द अधिकारी -मकवानपुर), उषा थापा -बारा), सरस्वती उपे्रती -रौतहट), प्रतिमा परयिार -रौतहट), छोटेलाल साह -रौतहट), नागेश्वर उपाध्याय -रौतहट), रामाकान्त चौधरी -रौतहट), चुन्नु -रौतहट), प्रवीण अन्सारी -रौतहट), प्रतिमा खातुन -रौतहट) र देवेन्द्र अधिकारी -रौतहट) छन् । फेला परेका अधिकांश लास हर्ेदा नियन्त्रणमा लिई मारएिको देखिन्छ । मरेकाहरू सबै आफ्ना कार्यकर्ता भएको दाबी माओवादीको छ । अझै मारएिका मानिस फेला पर्न सक्ने माओवादीले जनाएको छ । तनावमा गौरवासी चैत ८ गते । कफर््र्यु सकिन दर्ुइ घण्टा बा“की भए पनि बाटोमा केही युवाहरू खुलमखुला बसेका थिए । प्रहरीको गाडी देखिएपछि केही मानिस पन्छिए । तीन जना केटाहरू भने टसका मस भएनन् । कफर््र्युको आदेशबारे र्सइ बाबुराम झा बुझाउ“दै थिए । त्यत्तिकैमा उनीस“गै गएका प्रहरी जवानले एउटा युवकको कम्मरमा खुकुरी फेला पारहिाले । "कसले मार्न आउने हो के थाहा †" पक्राउ परेका युवक आफ्नो प्रतिरक्षा गर्दै थिए, "यो -खुकुरी) त पसल जोगाउन पो बोकेको †" चैत ७ को घटनापछि कसैले पनि आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् । कफर््र्युपछि सुरक्षा अवस्थामा सुधार भए पनि गौरवासी भयमुक्त छैनन् । हिंसाको यति भयानक रूप नदेखेका स्थानीय बासिन्दाहरू कुनै पनि घटनाको पुनरावृत्ति हुनसक्ने आशङ्काले भयभीत छन् । "कतिखेर के हुने हो भन्ने ठेगान छैन," स् थानीय व्यापारी ओम अधिकारी भन्छन्, "घरबाहिर निस्कनसमेत डर लाग्छ ।" कफर््र्युको अवधिमा बजार बन्द रहनु स्वाभाविक भए पनि कफर््र्यु नलागेको समय पनि असामान्य नै छ । मानिसहरू बाहिर निस्कनसमेत डराउ“छन् । कफर््र्यु हटे पनि त्रास नहटेकाले यस्तो अवस्था रहिरहेको हो । घुसपैठको आशङ्का माओवादीहरूले रौतहट घटनामा फोरमले भारतीय आपराधिक गिरोहको प्रयोग गरेको आरोप लगाएको छ । घटनास्थलदेखि भारतीय सीमा पुग्न एक किलोमिटरको दूरी मात्र रहेका कारण पनि माओवादी आशङ्का सही हुनसक्छ । अझ त्यसमाथि चैत ४ गते भारतीय सीमा नजिकको बजार बैरगनियामा भएको एक कार्यक्रममा भारतीय जनता पार्टर्ीी पर्ूवसांसद आनन्द मोहनले सम्बोधन गरेका थिए । उनले नेपालको तर्राई आन्दोलनलाई बढाउने आशयको वक्तव्य दिएका थिए । तन, मन र धनले तर्राई आन्दोलनलाई सघाउने उनको अभिव्यक्ति आएको एक साता नबित्दै हिंसा भड्केका कारण माओवादी आशङ्कालाई थप बल दिएको छ । उक्त कार्यक्रममा मधेशी युवा फोरमका अध्यक्ष नन्दकिशोर साहलगायतका नेताहरू संलग्न रहेको माओवादीको दाबी छ । माओवादी समर्थित मधेशी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहले विज्ञप्तिमार्फ भारतीय आपराधिक समूह परचिालन भएको आरोप लगाएका छन् । दर्ुइ समूहबीच भिडन्त हुनुपर्ूव नै दक्षिणी भेगमा भारतीय नम्बर प्लेटका गाडीहरू र एम्बुलेन्स राखिएको दाबी माओवादीको छ । खेतमा लासको खोजी ७ गते गौर बजारबाहिर गाउ“गाउ“मा हिं“साले ठाउ“ लियो । प्रशासन निरीह भएकै कारण कुन-कुन गाउ“मा भिडन्त भए, पत्तो रहेन । त्यसैले चैत ८ गते बिहानदेखि नै लास खोज्ने क्रम शुरु भयो । कति मारिए - कसैस“ग तथ्याङ्क नभएपछि बजारमा हल्लाहरु फैलिने क्रम बढिरह्यो । कति ठाउ“मा लास फेला परे पनि कतै भने हल्लाकै कारण प्रहरीले सास्ती भोग्नुपर्‍यो । त्यस्तै अवस्था भयो सिसवामा । मकैबारीमा लास छ भन्ने खबर पाएपछि प्रहरी टोली झण्डै तीन किलोमिटर टाढाको गाउ“मा पुग्यो । छ किलोमिटरभन्दा टाढाबाट लास ल्याउने क्रम बिहानदेखि नै शुरु भइसकेकाले थप लास भेटिने प्रहरीको अनुमान थियो । प्रहरीहरु लामो समय मकैबारीमा भौ“तारिरहे । मकैबारी र गहु“का खेतमा लछारिएको स्थान थुप्रै भेटिए । हिं“सा भएको अनुमान गरे पनि खेतमा लास भेटिएन । "मरेको छ भनेपछि खोज्नु दायित्व हो । हामीलाई अलमल्याउन पनि यसो भनेको हुनसक्छ," लास खोजीमा हि“डेका र्सइ बाबुराम झाको गुनासो थियो । 'आक्रमण सुनियोजित' -आवरण तस्वीर ः ऋषिकेश दाहाल
Read Full Discussion Thread for this article