Posted by: Dalli Resham March 27, 2007
Nepal's Buddha boy 2B buried alive
Login in to Rate this Post:     0       ?        
लिटिल बुध्द’ नभएपछि सून्य देखिएको उनको ध्यानस्थल। इन्सेटमा ध्यानमग्न बम्जन। कहिले भेटिने, कहिले हराउने गर्दै आएका बाराका लिटिल बुद्ध उपनामले विश्वभर चर्चा कमाएका तपस्वी राम बम्जन आजदेखि जमिनमुनि समाधिमा लीन भएका छन्। बम्जनको यो अर्को नाटक हो कि, जमिनबाहिर तपस्या गर्दा मानिसहरुले डिस्टर्ब गरेका कारण जमिनमुनि जाने निर्णय गरेका हुन् ? त्यो चाहिँ तपाईँ आफै जान्नुस्। बाराको रतनपुरीस्थित जंगलमा उनले महिनौँसम्म केही नखाई तपस्या गरेको दावी गरिएको थियो। त्यहाँ दर्शन गर्नेहरुको पनि घुँइचो लागेको थियो। पछि उनी बेपत्ता भए। फेरि भेटिए। भेटिँदा उनको साथमा तरवार समेत थियो। फेरि उनी हराए। आज भने उनी हलखोरियास्थित सामुदायिक वनमा भेटिएका हुन्। भेटिएपछि उनले ३ वर्षका लागि जमिनमुनि समाधि लिने बताए छन्। प्राप्त समाचार अनुसार उनलाई उनकै एक सहयोगीले खाडल खनेर समाधिस्थ गराएका छन्। जमिनबाहिर तपस्या गर्दा सबैले देख्ने र जमिनमुनि समाधी लिने भनेपछि कसैले नदेख्ने भएर पो यो नाटक गरिएको हो कि ? साँच्चिकै बुद्ध हुन् र तपस्या गर्नु परेको भए त अरु नै अज्ञात ठाउँमा गएर गरे पनि हुने नि। किन बारम्बार त्यसै क्षेत्रमा देखिनु पर्ने हो ? तपाईँले केही बुझ्नु भो ? हामीले त केही बुझेनौँ ।
Read Full Discussion Thread for this article