Posted by: Rahuldai March 26, 2007
यो जिन्दगी खै के जिन्दगी
Login in to Rate this Post:     0       ?        
हुन त हरिभक्त कटुवाल लाई अहिले को जमाना मा धेरै थोरै ले मात्र चिन्दछन । २०३६ साल को विद्यार्थी आन्दोलन पश्चात घोषणा भएको जनमत संग्रह ताका, कटुवाल सडक कबिता क्रान्ति मा सहभागी हुंदै टोल टोलमा बहुदल को पक्षमा कबिता सुनाउंदै हिंडेका थिए । त्यतिबेला हाम्रो टोल मा भएको कबिता क्रान्तिमा उनलाई देखेको र उनको कबिता सुनेको थिएं । त्यस्को लगतै उनी बिरामी परेका थिए ।गांस बास् को ब्यबस्था न भएका फिरन्ते जस्ता थिए, नेपाली रगतका प्रबासी सहित्यका साधक हरिभक्त। जीवन् को अन्तिम क्षणमा न्यु रोड् पिपल् बोट् मा मागेर समेत् सास् धाने। सरस्वति पुत्रहरु सङ्ग लाक्ष्मी रिसाउंछिन् भन्छन्, सत्य साबित् भयो। प्राय जस्तो कबिता हरु गीति शैलीमा लेख्ने कबि कटुवाल् को यो जिन्दगी खै के जिन्दगी र बदनाम यी आँखाहरु पढ्नै पर्ने कृतिहरु हुन । यिनै अमर साधकको रचनालाई स्व नारायण गोपाल ले जीवन्त संगीत सिर्जना गरेका छन । १- मलाई न सोध कहाँ दुख्छ घाउ, २- पोखिएर घाम को झुलका भरि संघारै मा, तिम्रो जिन्दगी को ढोका खोलुं खोलुं लाग्छ ३- मेरो यो गीत मा जुन मुर्छना छ त्य तिमी होइन को भन्न सक्छ
Read Full Discussion Thread for this article