Posted by: Rahuldai March 26, 2007
यो जिन्दगी खै के जिन्दगी
Login in to Rate this Post:     0       ?        
कृति ः यो जिन्दगी खै के जिन्दगी स्रष्टा ः हरभिक्त कटुवाल प्रकाशक ः रत्न पुस्तक भण्डार पृष्ठ ः १४±७० मूल्य ः ५५ रुपिया“ २०३७ साल राजनीतिक दृष्टिकोणले विषम मात्र होइन, साहित्यिक आयामका दृष्टिले पनि दुःखद रह्यो । त्यो त्यही साल हो, जसले हामीबीचबाट हरभिक्त कटुवाललाई खोसेर लग्यो । 'कहिले मैले उसलाई खाइरहेको हुन्छु, कहिले उसले मलाई खाइरहेको हुन्छ' भनेर रक्सीका बारेमा आफ्ना भनाइहरू कवितामार्फ व्यक्त गर्ने कटुवाललाई 'रक्सीले खायो' भन्नेहरू पनि अत्यधिक भेटिन्छन् । तर, सत्य यो पनि हो- नेपाली वाङ्मयमा उनीजस्तो विशिष्ट साहित्यिक प्रतिभा, आधुनिक नेपाली कविताको प्रखर र्सजक अर्को जन्मेको छैन । उनका सिर्जना नै यसका साक्षी छन् । तर्सथ, उनको त्यो पाटोभन्दा सिर्जनाको क्षेत्रले पुर्‍याएको योगदानलाई सधै“ सम्भिmनर्ुपर्छ । साहित्यका क्षेत्रमा उनले बगाएको पसिना त्यसको तुलनामा कयौ“ गुना महत्त्वपर्ूण्ा छ, स्मरणीय र सम्झनायोग्य पनि छ । यो जिन्दगी खै के जिन्दगी † भित्रभित्रै खोक्रिएर बाहिर बाहिर बा“चेको एटम्को त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी † -पृष्ठ ३७) कुनै बेला थियो यो जिन्दगी खै के जिन्दगी कवितासङ्ग्रहको नाम लिनासाथ पसल छेउछाउमा उभिएका ग्राहकहरू मात्र होइन, आममानिसहरूसमेत बेस्सरी खित्का छोडेर हा“स्थे र त्यो क्रेतालाई बडो घोरएिर हर्ेर्थे, कतै यो मानिस ... । समय बदलियो र मानिसहरू पनि बदलिए । अहिले त्यस्तो विरलै मानिस भेटिन्छ, जसले त्यो कवितासङ्ग्रह नपढेको होस् । हरभिक्त कटुवाल एउटा त्यस्ता कवि हुन्, जसले परभिाषा, मान्यता वा वाद कुनै कुराको पनि घेराभित्र बा“धिएर कविता लेखेनन् । उनको आफ्नै शब्दमा भन्नुपर्दा 'जिन्दगी जिउने क्रममा आइपरेका मधुर क्षणहरूलाई समात्ने प्रयास' का क्रममा उनका कविता रचना भएका छन् । उनका कवितामा कतै बारुद गन्हाएका छन् त कतै फूल मग्मगाएका छन् । तर्सथ, उनी आफै“ भन्छन्, "मलाई मधुर लागेका यी क्षणहरूले कसैलाई विरक्त पनि पार्ला, म विवश छु । के गरु“ -" कटुवालको रचनाकर्मप्रति कसैले औ“ला उठाउन सकेन । बेजोड र लालित्यपर्ूण्ा कविता रचना उनको चिनारी बन्यो । त्यसैले उनका कवितामा युगान्तकारी चेतना, सौर्न्दर्य र लयात्मकताको पक्ष बेजोड पाइन्छ । रक्सीमाथि दर्ुइ टुक्रा शर्ीष्ाक कविताका पङ्क्ति नै पढौ“ न ः सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम सजिलैसित जिउने एउटा मीठो निहु पाइएको छ रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम । -पृष्ठ ३३) ०२९ सालमा प्रकाशित उनको यो जिन्दगी खै के जिन्दगी कवितासङ्ग्रह ०४३ सालमा दोस्रो संस्करणका रूपमा पुनः प्रकाशित भएको थियो । त्यसको दर्ुइ दशकपछि रत्न पुस्तक भण्डारले तेस्रो संस्करणका रूपमा नया“ साजसज्जाका साथ केही त्रुटिहरू सच्याउ“दै पुनः प्रकाशित गरेको छ । 'स्वदेश पसेपछि' र 'प्रवासबाट' दर्ुइ भागमा प्रकाशित उनको यो कवितासङ्ग्रह नेपाली साहित्यको कविताफा“टमा हस्तक्षेपकारी कृति हो । तर, कृति प्रकाशनमा प्रकाशन संस्थाले ख्याल पुर्‍याउनैपर्ने कुरामा लापरबाही गरेको देखियो । उनको मृत्यु २०३७ भदौ २५ गते हो । तर, यस कृतिको अन्तिम पृष्ठमा उनको मृत्यु ०३६ भनेर उल्लेख गरएिको छ । साभार: "नेपाल" साप्ताहिक कान्तिपुर.कम
Read Full Discussion Thread for this article