Posted by: Nepe March 26, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
एउटा अलिक पुरानो किञ्चित अप्रिय कुरा सुन्न पुगें र यहा टुप्लुक्क छिरिहालेको । हाम्रो मिस-नानीलाई नयाँ विद्यार्थीले अपसंकेत गरे अरे भन्ने । कुरा मिस-अण्डरस्ट्याण्डिङको होला भन्छु । तर जे भए पनि हाम्री आदरणिय मिसनानी जो कक्षाभित्र एक हातमा किताब र अर्को हातमा छडी अनि घरको संघारमा सधै सगुन र सप्तरंगी टिकाको थाली बोकेर उभिएकी हुन्छिन, लाई यथोचित आदर र स्नेहको कमी नहोस् है यो चौतारीमा । चौतारी यसका दौतरीहरुको निरन्तर प्रयास र भिजिलेन्सबाट आजसम्म प्रदुषणरहित छ । यो युगयुगसम्म यस्तै रहिरहोस् । चौतारीको स्वर्णजयन्तीको पूर्वसन्ध्यामा यो शुभेच्छा fitting नै होला भन्ने मानिचु । लौ त म लागें अहिलेलाई । जयन्तीमा आम्ला । Nepe
Read Full Discussion Thread for this article