Posted by: Nepali Janta March 25, 2007
Boarding School Cheating Consumers
Login in to Rate this Post:     0       ?        
"बोर्डिङ्ग स्कूल" को नाममा बिद्यार्थी ठग्दै आएका स्कुलको सबै पुराना रेकर्ड तोड्दै हाल काठमाण्डौं गोङ्गबु स्थित यौटा स्कूलले बिद्यार्थी र शिक्षक दुबैलाई ठग्दै सैयौ बिद्यार्थीको भविश्य र कैयौं शिक्षक शिक्षीका हरुको समेत श्रमको उच्चतम शोषण गरिरहेको छ। जनताको राजमा यसरी जनताको अधिकारमाथी ठाडै प्रहार हुंदा र हामी उपभोक्ताहरु समेत दोहोरो शोषणमा परेकाले सम्बन्धित निकाएको ध्यानाकर्षण गराउन र सबैलाई त्यो स्कूलको ठगि बाट बचाउन एकजना मित्र मार्फत यो पत्र प्रेषित गरिएको छ । यो काठमाण्डौं गोङ्गबु स्थित "नेचर बोर्डिङ्ग हाई स्कूल" को कथा हो । हामी अभिभावकहरुले आफ्ना नानीहरुलाई आफू खाई नखाई गरि सो स्कुलमा भर्ना गरेका छौं र अन्य "बोर्डिङ्ग स्कूल" मा हुने जस्तै सम्पूर्ण ठगिको शिकार हुदैं आईरहेकै थियौं । सो स्कूलमा हामी अभिवाभकहरुले सधैंझै यसपाला पनि आफ्ना नानीहरुको नाममा चैत्र महिनासम्मको फी बुझाई सकेका छौं तर त्यस स्कुलमा कार्यरत शिक्षक शिक्षीका हरुको श्रमको शोषण गर्दै आएका त्यस स्कुलका संचालकले त्यस स्कूलका शिक्षक शिक्षीका र कर्मचारीको समेत बर्षौसम्मको तलब समेत दिएका रहेनछन । यसरी यहि मिति २०६३ चैत्र ७ गतेका दिन त्यस स्कूलका शिक्षक शिक्षीका आफ्नो तलब नपाए सम्म फाईनल जां‌च नगर्ने अडान लिई बसेका रहेछन । त्यसै अबस्थामा हाम्रा नानीहरु परिक्षाको लागी स्कूलमा जांदा परिक्षा नहुने भनेपछि हामी अभिभवक र स्कुलका कर्मचारी बिच केहि बाद बिबाद पनि भयो र सोहि मौकाको फाइदा उठाई स्कुलका प्रिन्सीपल र नीजका मुन्द्रे कुण्डले छोराहरु र केहि भाडाका गुण्डाले दिउसै खुकुरी नचाएर स्कुलको बातावरण तनावपूर्ण र भयावह बनाए । साना नानीहरु त्रस्त हुदैं रुदैं कराउदै यता उता भाग्न थालेपछि हामी आआफना नानीहरुलाई जसोतसो त्यहाबाट जोगाएर भाग्यौं । यस घटनापछि हामीमध्यका केहि नानीहरुको मनमा गहिरो भय छाएको छ र उनिहरुको मश्तिष्कमा त्रासले बास गरेको छ । काठमाण्डौ भित्रकै कुरा भए पनि सो कुरा कुनै मिडियामा आएन । हालसम्म पनि सो स्कुलको स्थितिमा कुनै सुधार आएको छैन र एस एल सी परिक्षा र फाईनल जांच मुखमा आएको बेलामा यसरी हामी उपभोक्ताबाट पैसा उर्ठाई शिक्षक शिक्षीका हरुलाई समेत नदिई हाम्रा नानीहरुको भविश्य माथी खेलवाड गर्ने जघन्य अपराध गर्ने सो स्कुलका संचालक र प्रीन्सिपलमाथी सम्बन्धित प्रशासनले तुरुन्तै कारबाहि गरोस । तिनीहरुलाई कारबाहि नगरे स्कुलको धन सम्पति लिइ तीनीहरु कुनै पनि बेला सैयौ बिद्यार्थीको भविश्य अन्धकारमा पारी भाग्न सक्ने भएकोले यसतर्फसम्बन्धित निकायले तुरुन्तै कारबाहि थालोस । अन्य अभिभावक हरुले पनि आआफ्ना नानिहरुलाई सो स्कूलमा भर्ना नगरौं पीडीत अभिभावकहरु नवाङ्ग छिरिङ्ग राजमान महर्जन केशव थपलिया राजिव भट्ट जितेन्द्र सिग्देल लगाएत सर्म्र्पूण अभिभावकहरु
Read Full Discussion Thread for this article