Posted by: nepali_keta12345 March 20, 2007
Model Kohinoor who became a monk
Login in to Rate this Post:     0       ?        
आनीको रंगीन जीवन एक वर्षअघि मात्र आनी बनेर कपनको गुम्बामा बौद्ध साधना गरिरहेकी मोडल कोहिनुर सिंहलाई एकाएक राजधानीको एउटा तारे होटलमा देख्दा हुइयाँ हर्षित भयो, तर उनको लवाई खवाई र साथमा रहेका व्यक्तिलाई देख्दा यो सपना त होइन भन्ने पनि लाग्यो। त्यतिबेला उनको शरीरमा आनीले लगाउने गेरु वस्त्र थिएन। आम आधुनिक युवतीहरुले लगाउने फेसनदार रातो वस्त्रमा एक व्यापारीका साथ थिइन् उनी। मांसाहारी पकवान, आधुनिक लवाई खवाई र स्वच्छन्द व्यवहार देखेपछि हुइयाँलाई उक्त पात्र उही आनी बनेकी कोहिनुर हुन् कि होइनन् भनेर ठम्याउन गाह्रो भयो। हुइयाँले त्यो दोधारे परिस्थितिलाई यकीन गर्न आँखा मिच्यो तर उनी कोहिनुर नै भएको प्रमाणित भयो। त्यसै बेला उनका समकालीन मोडलहरु विनय श्रेष्ठ र रिचा शर्मा पनि टुप्लुक्क त्यहीं आइपुगे। उनीहरुले कोहिनुरलाई देख्नासाथ आर्श्चर्य भावमा सोधे- ँकोहिनुर तिमी -’ उनीहरुलाई देखेर कोहिनुर पनि अताल्लिइन्, सामान्य कुराकानीमै हतारिएर सँगै आएका व्यापारीका साथ कोहिनुर कुलेलम ठोकेपछि हुइयाँलाई अझ यकीन भयो उनी मोडल अमूल्य हिरा अर्थात् कोहिनुर नै रहिछन्। कुरा बुझ्दै जाँदा त सँगै आएका व्यापारी उनका पति पो रहेछन्। जीवन र जगत्सँग दिक्क भएर आनीको रुप धारण गरेकी उनलाई के कारणले एक वर्षबित्न नपाउँदै गृहस्थी जीवनमा र्फकनुपर्‍यो त्यो त हुइयाँलाई थाहा भएन, तर गृहस्थी जीवनबाट दिक्क भएर बुद्धत्व प्राप्तिका लागि गौतम बुद्ध जसरी भिक्षु बनेका थिए त्यसरी नै भिक्षुणीबाट गृहस्थी जीवनमा र्फकेर कोहिनुरले नयाँ दर्शनको प्रतिपादन गरेको देख्दा हुइयाँ प्रफुल्ल छ। source : http://www.newsofnepal.com/kamana/fagun/hiyo.htm
Read Full Discussion Thread for this article