Posted by: Rahuldai March 20, 2007
हरि श्रेस्ठ को हुन ?
Login in to Rate this Post:     0       ?        
आशु जी, हतार मा टिप्पणी गरी हाल्नु भो, धन्यवाद । आफ्नै बौद्धिकताको नाङ्गो छाप छोड्नु भयो । यसै धागोमा एक मित्रले यसरी टिप्पणी गरेका छन् " I don't think he supported that, look at his last sentence... since the topic is who is hari rokka? how we gonna describe him then? people live with their deeds..otherwise what's the point of morality? unfortunately rape victim's past character becomes relevalent (look any case in history.. recently.. duke, kobe) although we shout against digging it becos it has become convinience for few people. Only the similarity here, is about money (relevalent?) and we don't know the whole truth (like who really agitated it, though he is the one with black eye). I have sympathy with him , just tired of seeing too many drama in nepal these days. " जस्तो MR_TRUTH जी लेख्नु भएको थ्यो, मैले मेरो लेखाइको अन्तमा लेखेको थिएं, जस्ले जसलाई कुनै पनि निहुमा शारीरिक यातना, मानसिक यातना दिन मिल्दैन र जायज भन्न कुनै पनि बौद्धिक स्तर को मानिसले सक्दैन । माओवादी र तिनका दर्शन को कदापी समर्थन गर्दिन र गरेको छैन । अझ भनुम्, कुनै पनि बाम बिचार सँग मेरो बिमती छ । हिंसा को साहरामा आन्दोलन् वा जोर् जुलुम् गर्ने जो सुकै हुन्, चाहे प्रचण्डका ठिमाह सन्तान् हरु हुन् वा बिखण्डनबादि पर्मेन्दर् भगत् का चम्चाहरु हुन्, कसैको पनि समर्थन् गर्न सक्दिन र गर्दिन पनि। हरि श्रेष्ठ सँग को उक्त घट्ना मा माओवादी कार्यकर्ता को संलग्नता पुष्टी भैसकेको छ र माओवादीको चरित्र नाङ्गिने क्रम जारी छ । हो, एक जना मित्र ले हरि श्रेष्ठ को हुन भनेर लेख्नु भयो र धेरैलाई यो भ्रम हुन सक्छ कि हरि ष्रेष्ठ दुधले धोयका ब्यापारी वा उद्योगी हुन । न हुन पनि सक्छ । उनले गरेका अन्याय र चुसेका रगत हरु को बिद्रोह पनि हुन सक्छ । जस्को कारण आफुलाइ देश को अर्थ ब्यबस्थको मेरुदण्ड मान्ने कथित उद्योगी र ब्यापारी हरुले बन्द को आह्वान गरे, तिनको असली चेहरा पनि जन सामु आउनै पर्दछ । त्यहि दिन् छाउनी का एक् मुद्रन् ब्यबसायी मल्ल जी को पनि अपहरण गरियो भन्ने खबर् छ। के श्रेष्ठ् को कुटाइ मा मात्र यत्रो नाटक्? मल्ल जी को जीवन् को कुनै अर्थ छैन? किन कि उनी र उनका आफन्त ले नौटंकी को साहरा लिएन व लिन चाहेन। श्रेस्ठ् को नियत् मा शंका किन न गर्ने? देश् को अर्थतन्त्र स्वाहा गर्ने, अरबैँ बैंक को ऋण नतिर्ने कालो सुचीका नायक् हरु बन्द को समर्थन् मा बुर्लुक्क उफ्रेका छन्। तपाईको बौद्धिक् मस्तिष्कमा शंका उठ्दैनन् र? समय मा संबिधान् सभाको चुनाव हुन न दिने अनेक् षडयण्त्र भै राखेको बेला। त्यो भीडमा राजेश काजी श्रेस्ठ् बिनोद् चौधरि, सुरेन्द्र बीर् मालाकार् हरु देख्नु हुन्न? जो सधै ज्ञानेको सकृय साशन् को वकालत गरेर थाक्दैनन्। उनलाई पिट्नु कदापी राम्रो काम होइन र देश मा कानून ब्यबस्था नहुनु को ज्वलन्त उदाहरण हो । तर त्यस्को कुटाइ पछाडि को कारण हरु पनि देखिनु पर्दछ र लेखिनु पर्दछ । मैले त त्यही फोटो मा देखेको ब्यक्ती र अज भन्दा १२-१३ बर्ष अघी आँफैले भोगेको घट्ना याद आएको ले कन्जुस् साहु हुन भनेर लेखेको मात्र हुं । यसलाई विद्वान महाशय हरुले अन्यथा लिनु भयो । अन्तमा, फेरी एक पटक दोहर्‍याउछु, हरि श्रेष्ठ र मल्ल जी माथिको माओवादी अत्याचार मात्र होइन, गैर कानूनी रुपमा गरिएका कुनै पनि काम कुरो को समर्थन गरेको छैन र तिनको बिरोध मा अग्र पंक्तिमा हुन्छु नै । तर नौटंकी बाज हरु को पनि असली रुप चिर्फार गर्न भने पछि हट्ने छैन । अस्तु!
Read Full Discussion Thread for this article