Posted by: samiksya March 19, 2007
यो शहरले
Login in to Rate this Post:     0       ?        
यो शहरले नगरबधूहरु अचेल मसित प्रेमको प्रस्ताब राख्न अभ्यस्त छन् ! नालीमा बेहोस भै ढलेकाहरु ओछ्यान बाड्न आतुर छन् ! किन हो ? यो शहरले मलाई औधी माया गर्न थालेको छ ! तिर्खा छैन तर पिलाउन हरदम तैयार छ, किन्नु छैन केहि, न त रकमै छ साथमा, यो शहरले जोखीम उठाएर या बिश्वासको भरमा किन हो ? मेरो हैसियत भन्दा यो शहरले धेरै बढी किनाउन र उधारो दिन तैयार छ ! बढि रहेको बजन, खै भएपुगी आएर हो कि या त धमनिमा समेत बोसो जमेर मुटुमा रक्त प्रभाब नभएको सङ्केत ? तैपनि खाउ खाउ भन्छ यो शहर किन हो ? मेरो मुखले स्बाद लिन सक्ने र पेटले अटाउन सक्ने भन्दा धेरै धेरै खुवाउन तैयार छ !
Read Full Discussion Thread for this article