Posted by: Rahuldai March 19, 2007
हरि श्रेस्ठ को हुन ?
Login in to Rate this Post:     0       ?        
प्रस्तुत घट्ना संग परिचित छुइन र पनि म सँग भएको घट्नाले नजीक को सम्बन्ध राख्दछ । श्रेष्ठ महाको कन्जूस छ भनेर । घट्ना, २०५० -५१ तिर् को हो। उनको दरबार् मार्ग( पुलिस चौकि छेउको भित्र पट्टिको) घर मा तल्ला थप्ने नक्सा कोरि दिनु पर्यो भनेर मेरो अफिसमा कुनै कर्मचारि आए( होटलको)। अनि हुन्छ त भनेर मैले टाइम् दिएं र होटल् मा गएं। शायद् छोरो चाहि होला भेट् भयो र बुबा सङ कुरा गर्नुस् भनेर घर जाने सल्लाह् दिए र एक जना कर्मचारि सहित् नजीकै को घरमा लगे। नाप जाँच गरें, नियम कानून् ले मिल्छ मिल्दैन हेरें। त्यसपछि फोटो मा देखिएको बुढोले कति पैसा लाग्छ बाबु भनेर सोधे। त्यतिबेला को चलनचल्ति अनुसार् प्रति बर्ग फीट् ३ रुपैया लाग्छ, अन्दाजि जम्मा १२ हजार् जति लाग्छ भनेंबुढो त झन्दै बेहोस् । "मैले त २-३ हजार मा पो बन्छ भनेर बोलाको, ३ हजार दिन्छु हुन्छ ?" भनेर भने । कहाँ को १२ हजार कहाँको ३ हजार्, मैले हुंदैन, त्यती मा गर्न सक्इन्न भन्दा, बुढोले भइगो त तपाईं जानुस् भनेर फर्काए । २-३ घण्टा उनीसङ को समयले मलाई लाग्याथ्यो, यो भन्दा कन्जूस् साहुजी छैन होला । चलन चल्तिको रेट भन्दा १ चौथाइ काम् गराउन खोज्ने। जे होस् अहिले माथिको कथा पढ्दा त्यो काम् न गरिदिएको नै ठिक् रहेछ, नत्र मेरो त्यो थोरै पैसा पनि दिदैन् थ्य् होला। धन्न बचेछु, आफ्नो परिश्रम् खेर जान बाट्। नोट्: यस्को अर्थ यो होइन कि कन्जूस, कर्मचारि मारा हो भन्दैमा त्यसरि चुट्नु चाँही मिल्दैन हो । माओवादी बाँदर्हरुले गर्या हो भने त्यो भन्दा नीच कार्य अरु हुन सक्दैन ।
Read Full Discussion Thread for this article