Posted by: Deep March 19, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
मेरो प्रस्तुतीमा आ-आफ्ना दृष्टी शब्द पोखेर गुन लगाउनेहरुलाई आभारसुमनका गुच्छाहरुले अभिनन्दन गरम भनेर थालेर सुरु गरेको क्रम पनि कामले उस्को पोखरीमा तानेर यसरी चरणबद्ध हुन पुगेको छ। निशान्त, ब्रो त अझै खोकी राको र छ त हो --- आम्मामामा! छाति त खलाँतीले गोल हम्किदा झै घ्यार घ्यार सुन्छु त। शनिबार माई खोलामा बनभोज छ ज्यान साँचि राख है --- यस्तो बसस्ट्यान्डमा स्टार्ट गरेर छोड्या जस्तो ज्यानले कति डबका थाम्ला र? अभिबादन्, ब्रो। Poonte , तेस्तो मिठो कुरा गरेर ब्रो ले -- अब त्यो च्यात्या पेटीकोट छोडम धोबीनीको, म गोपालेलाई भनेर नयाँ मिलाइदिम्ला। हौसल्ला हम्किदेकोमा आभारी छु, ब्रो। SateLite, "Deep Gud One.." धन्न गहीरै गुड् भेट्टाएँ -- सतही राम्रोमा फेला परीन गाँठे! Dada_Giri, "...कि फिरि भेडेठार देखि गोठेटार सम्म बाटो काटेको होसै नहुने नि त। " निशान्तेको सङगत्ले डुबाम्छ त भन्दै थेँ के रे, --- यस्तो गती पार्दीसकेछ के नी! निशान्ते नै त देको होला नी तो भेठेटार देखी गोठेटार सम्म पुग्या होसै नहुनी सुर्ती। jira, जिरादाई --- खै त कुबेर शर्माले सम्झार फुर्या कुरो? पोखीदिम न-- oys_chill, "Handigaon of late has changed a lot." सहगाम्ले ब्रो, अभिबादन। अचेलको हाँडीगाउँ त सायद अरु कसैको बनि सक्यो होला --- मेरो हाँडीगाउँमा त उही मानेखट् थ्यो -- खाल्डाले भरीएका धुले सडक थे -- चोर्न सजिलो मुला र काउलीका बारी, धोबी खोलाको फाँट -- भत्क्यापुलमा बिश्राम, सत्तेनारन थान पछाडी झ्वाम, बारीमा तिर्पट फुटबल -- दिउंसै अन्धकार गल्लीमा बर्षो देखी अस्तित्व कायमै राखेका गन्ध --- बाटोमा सुकाएका बिस्कुन -- गहना पोखरीको फोहोर पानीमा पौडी थ्यो-- यस्तै सम्झनामा बाँच्छु म त र खुसी हुन्छु। Dalli Resham, "very good , enjoyed it !!! " मैले नी -- मैले त भर्खर तान्या शिखरको कुरा गर्या -- जे होस, खुसी लाग्यो उत्साह बढाई देको मा। जय होस। urfrenrites, "Actually you must be professional nepali writer" लौ न के भन्या -- प्रो रे म? प्रोहरुको सराप लाग्ला है। Hi_nanu, how are you? "धेरै राम्रो कथा लेख्न्नुभो दीपजिले " कोसिस पनि आउन नमानेर बल्ल बल्ल बोलार टाक् टुल पार्या ---के गर्नु-- हार्दीक आभार। hetterika!! "भन्ने जति माथी अरुले सबै भनिसकिहाले पर्भु, " तेसरी पालो मिच्न त नहुनी हो माथिकाहरुले --- अभिबादन। फेरी पनि धन्यबाद मेरो।
Read Full Discussion Thread for this article