Posted by: Juggy March 19, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हुन त गामबाट बिदा ले को नि ४ महिना पुगेर पाँच मैना लागेछ! पश्पतिमा गएर तपस्या गरम्ला अरु केहि नभे नि इन्द्रेले २ ४ टा अप्सरा त कसो नपठाउला भुने र बसेको, अप्सरा त होइन तेइ पुन्ट्या धोबिनिको बुइनी ध्याक्सी पो आइपुग्या गाँठे! एकछिन त मन झसंगै भो! तर नि आफ्नै गामको चेली हेला गर्नु भे'न के कसो भनेर कुरो बुझियो! भा के रैछ भने भउते काजीले जग्गेबाट छोडेर हिडेछि बेहोस भे'को ४ महिनापछि बल्ल तल्ल होस आ'छ ! ऊठ्नटसाथ भउते भउते भउते नभे नेप्चे नेप्चे भनेर अलाप बिलाप गरिछन्! अब कुन चाहिको हो त्यो अलाप बिलाप सुन्दा सुन्दा कानै पाकेछि भउते नेप्चे दुबै पश्पतिमा ग'र तपस्या गर्दैछन्; एकजना जुरेली पाम्न अर्को चाहि जुरेलीको बुइनी भेट्टाम्न, १०८ बोका नि लग्या छन् संगै भनेर कुरो सुनाछन्! उस्को पालि आफ्नो दिदीको च्यात्या पेटिकोट बेचेर पश्पतितिर जान भनेर लाग्या रैछे!! अब तेहि भट्टिबाट कहिले ननिस्क्या बाटोमा अलपत्र परेर बस्या रैछन्;तेहि आइते बज्या भेटेछ, कुन चाहि गोरीले छोडेर गइ भनेर बिरहका गित गाम्दै रैछन! अब दुबैलाइ बिरह परेको कुरो नि मिल्ला मिल्ला जसो भे को रैछ, तर बज्या आइते अर्को गोरी देख्नासाथ ध्याक्सीलाइ छोडेर बुर्कुसि मारेर गएछ! कुरो फेरी भउते र नेप्चे मै अड्के छि बल्ल तल्ल पश्पति आइपुगिछन्! अब गाम्को चेलि मद्दत मागेछि नाइ भन्नु भे'न! यसो दिव्य दृश्टि ला'र भे नि खोज्दिनु परो भउते नेप्चेलाइ भनेर यसो बसे ध्यान मुद्रामा, अब पुरा प्राक्तिस छैन, खोजेको एउटा दृश्टि चाहि सारा गाम पो चहार्छ!! यसो हेरेको : गुरुमा पँधेरोमा बसेर लठ्ठि ले र "त्यो दादाले के भनेको धत्त! मेरा स्कुलाँ पढ।नभे यहि लठ्ठिले तेहि दढेलो खुस्किने गरि हान्थे!!" भन्दै रैछन्! तितौरी चाइनि त्यो डाँडामा बसेर खोइ कस्को हो बाटो हेर्दै रैछे! ठुली चाइनि जिव्रो कसैले तोक्द्या हो कि के हो; तबैलाइ तमस्ते गर्दै रैछे! त्यो चित्रे चाइनि दिउँसै मोमबत्ति ले र दिनर सिनर भन्दै रै छ! ह्यारि चाहिने त्यो थोत्रे टेप रिकाड ले र झिल्के तोपी ठडार गाम डुल्दै रै छ! राहुल बुढा चिलिम सल्का र चौतारिमा लम्पसार! निशे बज्या केयो कार्पिन ला र तित्स साली खोज्दै रै छ!! सान्नानी चाहि देखिन, खेत तिर लाग्या होलान!! त्यो नेप्चे र भउते चाहि देखिने नै होइनन् बल्ल तल्ल देखा परे; दुइ जना अघि अघि नमे पछि पछि सिस्नु पानि ले र!! अनि पुन्टे चाहिनी सबैका पछि धोबीनीकाँ पाउने खोयाबिर्केको बोतल हुर्याउँदै!! खोइ केहि कुरो बुझ्या भे मरिजान!! अब त्यो ध्याक्सीलाइ गामतिरै पठाइद्या छु के रे!! भउते नेप्चे जल्लाइ भे नि ठेगान लाइदिनु!! कल्याणै हुन्छ!! ॐॐॐ जय शम्भु ॐॐॐॐ हरि शरनम पर्भु!!
Read Full Discussion Thread for this article