Posted by: ramguragain March 19, 2007
Pic Showing Maoist Cruel activity
Login in to Rate this Post:     0       ?        
चन्दा नपाएपछि अपहरण गरी कुटपिट कान्तिपुर संवाददाता काठमाडौं, चैत ४ - माओवादीले चन्दा नदिएको भन्दै दरबारमार्गका एक होटल व्यवसायीलाई आइतबार निर्मम कुटपिट गरेका छन् । कुटपिटबाट होटल उडल्यान्डका ५९ वषर्ीय सञ्चालक हरि श्रेष्ठ गम्भीर घाइते भएका छन् । राति ११ बजे वीर अस्पताल लगिएका व्यवसायी श्रेष्ठको आकस्मिक कक्षमा उपचार गराइएको थियो । उनलाई उपचारपछि अस्पतालले राति १२ बजे घर फर्काएको छ । माओवादीले दुई घन्टा कुटपिट गरेपछि उनलाई बबरमहलस्थित कर कार्यालयमा छाडेका थिए । चार महिनादेखि २० लाख रुपैयाँ चन्दा माग्दै आएका उनीहरूले श्रेष्ठलाई आइतबार साँझ होटल परिसरबाटै अपहरण गरेका थिए । पीडित श्रेष्ठका अनुसार कुलदीप राई नाम गरेका माओवादीको नेतृत्वमा आएको समूहले आँखामा पट्टी बाँधेर बुद्धनगर स्थित सूर्य कार्पेट पुर्‍याएको थियो । उनले बुद्धनगरस्थित सूर्य कार्पेटमा लगेर आफूलाई माओवादीले रड र पाइपले कुटपिट गरेको बताए । कुटपिटबाट उनको आँखा, पिठयुँ, पिँडुला, खुट्टालगायतमा गम्भीर चोट लागेको छ । ३५ वर्षदेखि होटल सञ्चालन गर्दै आएका श्रेष्ठले आफूलाई १५ जना माओवादीले कुटपिट गरेको बताए । माओवादीले उनलाई दुई घन्टा कुटपिट गरेपछि विभिन्न सर्तको कागज गराएर छाडेका हुन् । पीडित होटल व्यवसायीका अनुसार माओवादीले गराएको कागजमा १ करोड चन्दा र होटलका १० कोठा पार्टीलाई निःशुल्क दिने, प्रशासन र प्रहरीलाई जानकारी नगराउने लगायत सर्त छन् । माओवादीले माग गरेअनुसारको रकम
Read Full Discussion Thread for this article